global ime bank Long Banner Ad

गृहपृष्ठ मध्यपूर्व युद्ध विस्तार गर्ने हुथीको धम्की पछि इरानद्वारा अमेरिकी सैन्य सुविधा केन्द्रित आक्रमणमा वृद्धि

मध्यपूर्व युद्ध विस्तार गर्ने हुथीको धम्की पछि इरानद्वारा अमेरिकी सैन्य सुविधा केन्द्रित आक्रमणमा वृद्धि

मध्यपूर्व युद्ध विस्तार गर्ने हुथीको धम्की पछि इरानद्वारा अमेरिकी सैन्य सुविधा केन्द्रित आक्रमणमा वृद्धि

यमनका हुथी विद्रोहीहरूले साउदी बन्दरगाहमा नाकाबन्दी गरेर युद्ध भड्काउने खतरा उत्पन्न भए पछि इरानले खाडीमा अस्थित अमेरिकी राडार, हवाई रक्षा प्रतिष्ठानहरू लगायत सैन्य सुविधाहरुलाई निशाना बनाएर थप निर्णायक र शक्तिशाली आक्रमण गर्ने चेतावनी दिएको छ ।

इरानको रिभोलुसनरी गार्ड्सले उनीहरूले होर्मुजको जलमार्ग पार गर्ने प्रयास गरिरहेका दुई वटा तेल ट्याङ्करहरू मा आक्रमण गरी रोकेको जनाइएको छ ।

पछिल्लो समयको झडपमा कम्तिमा तीन जना अमेरिकी सैनिकको मृत्यु भए पछि, संयुक्त राज्य अमेरिकाले इरान विरुद्ध नयाँ चरणको आक्रमण सुरु गरेको छ भने आक्रमणको उदेश्य हर्मुज जलमार्गमा व्यापारिक जहाजमा आक्रमण गर्ने इरानी सैन्य क्षमतालाई कमजोर पार्नु भएको जनाइएको छ ।

यसअघि इरानी सेनाले कुवेत र बहराइनमा हवाई रक्षा प्रणाली, राडार स्थापना र प्रशासनिक भवनहरूसहित अमेरिकी सुविधालाई लक्षित गरी आक्रमण गरेको बताएको थियो । मिसाइल आक्रमणको अझै निर्णायक र शक्तिशाली तयारी थालिएको आईआरएनएले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले द्वन्द्वमा मारिएका प्रत्येक अमेरिकी सैनिकका लागि चर्को मुल्य तिर्नुपर्ने चेतावनी दिएको थिएभने इरानी राष्ट्रपति मसूद पेजेस्कियनले द्वन्द्व पूर्णरूपमा भड्किएको बताए ।

द्वन्द्वका कारण गत जुलाई –७ देखि लगभग एक सय जना अमेरिकी सैनिकहरू घाइते भएको पेन्टागनले जनाएको छ ।

यसैबिच तेहरानका यमनी सहयोगी, हुथी विद्रोहीहरूले साउदी बन्दरगाहहरू अवरुद्ध गर्ने घोषणा गर्दै युद्धको विस्तार गर्ने धम्की दिएका छन् ।

हुथीहरूको यस्तो कदमले रियादको केही तेल निर्यातका लागि हर्मुजको क्षमतालाई जोखिममा पारी विश्वव्यापी अर्थतन्त्रमा ठुलो असर पार्ने आकलन गरिएको छ ।

साउदी अरेबियाले भने हुथी विद्रोहिको खतराको कडा निन्दा गर्दै यसले भाइचारा यमनी जनता र उनीहरूको सरकारलाई समर्थन गरिरहेको बताएको छ ।

अप्रिलमा जारी गरिएको युद्धविराम र जुनमा गरिएको सम्झौता ध्वस्त भए पछि मध्यपूर्व युद्ध पुनः भड्किएको छ ।

तेहरानले हर्मुजको जलमार्गमा आफ्नो नाकाबंदी पुनः लागु गरेको छ भने वासिङ्टनले इरानका बन्दरगाहहरू अवरुद्ध गरेर प्रतिक्रिया दिइ रहेको छ ।

विश्व वजारमा तेलको आयात गर्ने मुख्य जलमार्ग प्रभावितहुने गरी भएको लामो युद्धले तेलको मूल्य बढेर उच्च स्तरमा पुगेको थियो ।

हाल हर्मुज अवरुद्ध भएता पनि साउदी अरेबियाले यसको लाल सागर बन्दरगाह यानबु हुँदै लाखौं ब्यारेल तेल निर्यात जारी राख्न सक्षम भएको जनाइएको छ ।

कूटनीतिक आदान–प्रदान बिच, हर्मुजको जलमार्गमा, रिभोलुसनरी गार्ड्सले मङ्गलबार जलमार्ग पार गर्ने प्रयास गरिरहेका दुई वटा ट्याङ्करमा विस्फोटको गराउदा ठुलो आगलागी हुनुका साथै तिनीहरूलाई नियन्त्रणमा लिएको जनाइको छ ।

युके मेरिटाइम ट्रेड अपरेसन एजेन्सी (युकेएमटीओ) ले यस अघि ओमानको तटमा एउटा अज्ञात प्रक्षपण तेल ट्याङ्करमा ठोक्किएको रिपोर्ट गरेको थियो ।

पछिल्लो लडाइँको बावजुद, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले मध्यस्थकर्ताहरू मार्फत वासिङ्टनसँग कूटनीतिक आदान–प्रदान जारी रहेको बताएको छन् ।

इरानका आन्तरिक मन्त्री इस्कन्दर मोमेनी दुई दिने भ्रमणका लागि इस्लामाबादमा रहेको जनाइएको छ भने उहाँले पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफ र सेना प्रमुख असीम मुनीरलाई भेट्ने कार्यक्रम तय भएको जनाइएको छ ।

यसैबीच लेबनानका राष्ट्रपति जोसेफ आउनले मङ्गलबार वासिङ्टनमा ट्रम्पसँग भेट्ने कार्यक्रम तय भएको जनाइएको छ । रासस

 

प्रकाशित समय : १२:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु