गृहपृष्ठ आइसीसी टी-ट्वेन्टी विश्वकप क्रिकेट : सेमीफाइनलकाे समीकरण पूरा
आइसीसी टी-ट्वेन्टी विश्वकप क्रिकेट : सेमीफाइनलकाे समीकरण पूरा
समूह चरणकाे एक खेल बाँकी रहँदै जारी आइसीसी टी-ट्वेन्टी विश्वकप क्रिकेटको सेमीफाइनल समीकरण पूरा भएको छ । आइतबार बेलुकी भारत र अफगानिस्तानबीचकाे खेल सकिएसँगै सेमीफाइलन खेलकाे समीकरण पूरा भएकाे हाे । अब फाइनल पुग्न पाकिस्तानले अस्ट्रेलिया र इंगल्याण्डले न्युजिल्यान्डको सामना गर्ने भएको छ ।
सुपर १२ को समूह १ बाट इंगल्याण्ड विजेता र अस्ट्रेलिया उपविजेता बन्दै सेमीफाइनल पुगेका हुन् । त्यसैगरी समूह २ बाट पाकिस्तान विजेता र न्युजिल्यान्ड उपविजेता बनेर सेमीफाइनलमा स्थान तय गरेका हुन् । सुपर १२ मा पाकिस्तानले सबै पाँच खेल जित्यो । न्युजिल्यान्ड, इंगल्याण्ड र अस्ट्रेलियाले पाँचमध्ये चार खेल जिते ।
विश्वकपको सेमीफाइनल नोभेम्बर १० र ११ मा हुनेछ भने फाइनल खेल नोभेम्बर १४ मा हुनेछ । सुपर १२ को समूह २ अन्तर्गत एक खेल भने बाँकी नै छ । भारत र नामिवियाबीचको खेल दुबईमा साेमबार राति ७:४५ मा सुरु हुनेछ । सेमीफाइनल प्रवेश गर्न नसकेकाे यी दुवै टाेलीका लागि आजकाे खेल औपचारिकतामा मात्र सीमित हुनेछ ।
प्रकाशित समय : १७:४९ बजे




















