global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ नबिल बैंक ग्लोबल एसएमई फाइनान्स अवार्ड-२०२१ बाट सम्मानित

नबिल बैंक ग्लोबल एसएमई फाइनान्स अवार्ड-२०२१ बाट सम्मानित

नबिल बैंक ग्लोबल एसएमई फाइनान्स अवार्ड-२०२१ बाट सम्मानित

नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड-२०२१’ मा 'SME Financier of the Year-Asia अन्तर्गत विशिष्ट सम्मानबाट सम्मानित भएको छ । नबिल बैंक विश्व बैंकको सदस्य अन्तर्राष्ट्रिय वित्त संस्था (आईएफसी) र एसएमई फाइनान्स फोरमद्वारा आयोजित र वित्तीय समावेसीकरणको लागि G20 को ग्लोबल साझेदारी (जीपीएफआई) द्वारा अनुमोदित, ग्लोबल एसएमई फाइनान्स पुरस्कारबाट सम्मानित भएको हो ।

आईएफसी र एसएमई फाइनान्स फोरमले नबिल बैंकलाई विगतको आर्थिक वर्षमा एसएमई क्षेत्रमा हासिल गरेको प्रगतिलाई पहिचान गरी सम्मान दिएको छ । एसएमईहरु अर्थतन्त्रको मेरुदण्ड हो । हाल कोभिड-१९ को महामारीबाट राष्ट्रिय अर्थतन्त्र प्रभावित भइरहेको अवस्थामा नबिल बैंकले रणनीतिक रुपमा एसएमई क्षेत्रको उत्थानमा ध्यान केन्द्रित गरेको छ । यसका लागि सक्रियतापूर्वक आफ्नो व्यावसाय प्रक्रियालाई नविनतम नीति, तथा प्रकृया मार्फत एसएमई क्षेत्रलाई सरल, सहज र चुस्त रुपमा कर्जा उपलब्ध गराउदै आएको छ । यस उपलब्धिबाट बैंक सम्मानित भएसंगै नबिल बैंकका सीईओ अनिल केशरी शाहले नबिल बैंकले कोभिड-१९ का कारण कठिनाईहरु सामना गरिरहेका एमएमई क्षेत्रलाई वित्तीय पहुँच पुर्‍याउन प्राथमिकताका साथ काम गरिरहेको बताए । बैंकिङ कार्य विधिलाई प्रविधिको प्रयोगमार्फत तथा रणनीतिक योजनालाई परिवर्तन गर्दै एसएमईलाई वित्तीय पहुँच पुर्‍याउन ध्यान केन्द्रित गरेको जानकारी गराउदै बैंकले देशको आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको र यस क्रमलाई विभिन्न रुपमा जारी राख्ने समेत बताए ।

यस सम्बन्धमा एसएमई फाइनान्स फोरमका सीईओ म्याथ्यू गेमसेरले हरेक वर्ष धेरै प्रभावशाली संस्थाहरुले एसएमईलाई वित्तीय पहुँच पुर्‍याउन अविश्वनीय काम गरेको, नविनतम् प्रविधि तथा प्रयोग तथा नौलो तरिकाबाट ग्राहकलाई पहिलो प्राथमिकतामा राखेर लाभदायक र सुनिश्चित वित्तीय सेवा प्रदान गरेको पाएका बताए । सन् २०२१ को प्रतिस्पर्धाले विगतको जस्तै वृहत उपलब्धि रक्षमतामा वृद्धि भएको उनको भनाइ छ ।

गत महिना पनि नबिल बैंकलाई एसियाली विकास बैंक (एडीबी)ले सन् २०२१ को लागि नेपालको अग्रणी साझेदार बैंकको रुपमा मान्यता दिएको थियो । त्यस्तैगरी नबिल बैंकले सफलतापूर्वक युरोमोनीद्वारा लगातार २ वर्षसम्म ‘नेपालको बेस्ट बैंक’ अवार्ड जित्न सफल भएको छ । सन् १९८४ देखि आफ्ना ग्राहकलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको १३५ शाखा, १८८ एटीएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको ईतिहासमा कोसेढुंगाको रुपमा काम गर्दै आएको छ । 

प्रकाशित समय : १७:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु