global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ लागुऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान सञ्चालन

लागुऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान सञ्चालन

लागुऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान सञ्चालन

चन्द्रपुर रौतहट । रौतहटमा प्रहरीले ‘लागुऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान’ सञ्चालनमा ल्याएको छ । रौतहटमा पछिल्ला समय युवापुस्तामाझ लागुऔषधको प्रयोग र कारोबार बढ्दै गएपछि प्रहरीले ‘लागुऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान’ सञ्चालन गरेको हो । नेपाल–भारत सीमा क्षेत्र तथा जिल्लाको उत्तरीभेग चन्द्रनिगाहपुरको विभिन्न भू–भागमा लागुऔषध सेवनकर्ता तथा बिक्रीवितरणमा बढोत्तरी भएपछि यसको नियन्त्रणका लागी प्रहरी सक्रिय भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ मा लागुऔषध कारोबारसम्बन्धी मुद्दामा २६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । प्रहरीले ६३ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याएको प्रहरी उपरीक्षक रिजालले जानकारी दिए । उहाँका अनुसार लागुऔषध नियन्त्रण केबल पक्राउ र कारबाहीमा सीमित राखेर समस्या समाधान नहुने देखिएपछि जिल्लामा ‘लागुऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान’ शुक्रबारदेखि सुरु गरिएको हो । प्रहरीको तथ्याङ्कले रौतहटमा सीमावर्ती क्षेत्र हुँदै लागुऔषध ओसारपसार तथा युवामा यसको प्रयोग बढ्दै गएको देखाइरहेको छ । विशेषगरी बेरोजगारी, कमजोर पारिवारिक निगरानी, सीमापार सहज आवतजावत र साथीहरूको प्रभावका कारण किशोर तथा युवा वर्ग लागुऔषधको दुव्र्यसनतर्फ आकर्षित भइरहेको प्रउ रिजालको भनाइ छ । प्रउ रिजालले लागुऔषध दुव्र्यसनलाई केवल कानुनी विषयका रूपमा नभई सामाजिक, पारिवारिक र स्वास्थ्यसँग गाँसिएको जटिल समस्याका रूपमा बुझ्नुपर्ने बताए । पक्राउ गरेर मात्रै समस्या समाधान नहुनेहुँदा खोज, उपचार र सुधारलाई सँगसँगै अघि बढाउनुपर्ने रौतहट प्रहरी प्रमुख रिजालले बताए । अभियानअन्तर्गत जिल्लाका सबै स्थानीय तहमा पुगेर लागुऔषध सेवनकर्ताको पहिचान, तथ्याङ्क सङ्कलन, परामर्श सेवा, सचेतनामूलक कार्यक्रम तथा आवश्यक परे उपचार र पुनःस्थापनाका लागि सम्बन्धित निकायसँग समन्वय गरिनेसमेत उनले जानकारी दिएका छन । प्रहरीका अनुसार अभिभावक, शिक्षक, जनप्रतिनिधि, स्वास्थ्य संस्था तथा सामाजिक सङ्घसंस्थासँग सहकार्य गरिनेछ । पहिचान भएका व्यक्तिलाई अपराधीको दृष्टिले नभई सुधार आवश्यक व्यक्तिका रुपमा हेरेर पुनःसमाजमा स्थापित गर्ने रणनीति बनाइएको छ । लागुऔषध दुव्र्यसनीका कारण पनि एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या रौतहटमा बढेको पाइएको छ । पछिल्लो तथ्याङ्कअनुसार रौतहटमा एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या ५४० रहेको छ भने ४२५ जनाले औषधि सेवन गर्दै आएको स्वास्थ्य कार्यालय रौतहटका प्रमुख राजेश सिंहले जानकारी दिएका छन।

प्रकाशित समय : १३:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु