गृहपृष्ठ भारतमा सीआरपीएफका जवानद्वारा सहकर्मीमाथि फाइरिङ, ४ जनाकाे मृत्यु
भारतमा सीआरपीएफका जवानद्वारा सहकर्मीमाथि फाइरिङ, ४ जनाकाे मृत्यु
भारतको छत्तिसगढ राज्यस्थित सुकमा जिल्लामा रहेको सीआरपीएफ (केन्द्रीय रिजर्भ पुलिस फोर्स) क्याम्पमा एक जवानले सहकर्मीमाथि अन्धाधुन्ध गोली चलाउँदा चार जवानको मृत्यु भएको छ । गोली लागेर अन्य तीन जवान घाइते भएकाे भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
समाचारअनुसार मरईगुडा पुलिस स्टेशनमा यो घटना भएको हो । सीआरपीएफका जवान रितेश रञ्जनले गएराति ३:१५ बजे एके-४७ राइफलबाट अचानक फायरिङ सुरु गरेका थिए । गाेली प्रहारमा संलग्न जवानलाई नियन्त्रणमा लिइसकिएकाे जनाइएकाे छ । घटनाको कारण खुलिसकेकाे छैन ।
यद्यपि केही दिनअघि गाेली प्रहार गर्ने जवान रितेश र उनका सहकर्मीहरूबीच सामान्य विवाद भएकाे बताइएकाे छ ।
प्रकाशित समय : १८:१३ बजे




















