गृहपृष्ठ प्रधानन्यायाधीश राणाले तोके ६ इजलास, आफू पनि संयुक्त इजलासमा बस्दै
प्रधानन्यायाधीश राणाले तोके ६ इजलास, आफू पनि संयुक्त इजलासमा बस्दै
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सोमबारका लागि पेसी तोकेका छन् । प्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतका न्यायाधीशहरु र नेपाल बार आन्दोलनमा उत्रिरहेका बेला राणाले सोमबारका लागि ६ वटा इजसाल तोकेका हुन् ।
प्रधानन्यायाधीश राणाले चारवटा संयुक्त र दुई एकल इजलास तोकेका छन् । राणाले बन्दी प्रत्यक्षीकरणका मुद्दाको मात्र पेसी तोकेका छन् । उनले आजका लागि आफ्नोसमेत इजलास तोकेका छन् । राणाले न्यायाधीश कुमार चुडालसँगको संयुक्त इजलास तोकेका हुन् ।
विवाद जारी रहँदा राणाले आफूलाई इजलास तोक्ने गरेका थिएनन् । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै न्यायाधीशहरूले पनि मार्गप्रशस्त गर्न आग्रह गर्दै आएका छन् । तर, प्रधानन्यायाधीश राणाले आफू संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीश नियुक्त भएको भन्दै कसैले राजीनामा माग्दैमा आफूले नदिने बताएका छन् ।
प्रकाशित समय : १६:४० बजे



















