global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ रामेछापमा आयुर्वेदिक उपचार शिविरको निरन्तरता : दुई सयले लिए नि:शुल्क सेवा

रामेछापमा आयुर्वेदिक उपचार शिविरको निरन्तरता : दुई सयले लिए नि:शुल्क सेवा

रामेछापमा आयुर्वेदिक उपचार शिविरको निरन्तरता : दुई सयले लिए नि:शुल्क सेवा

रामेछाप । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले जिल्लामा आयुर्वेदिक स्वास्थ्य शिविरलाई निरन्तरता दिइरहेको छ । लिखु तामाकोशी गाउँपालिकाको धोबी स्वास्थ्य चौकीमा एक दिने आयुर्वेदिक स्वास्थ्य उपचार शिविर सम्पन्न भएको छ । चिकित्सालयको आयोजना तथा लिखु तामाकोशी गाउँपालिका र स्वास्थ्य चौकी धोबीको सहकार्यमा भएको शिविरमा २ जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।

शिविरमा डा. सविता भण्डारीको नेतृत्वमा गएको चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको थियो । सो शिविरमा डा. उत्तम गैरे, डा. अरुण टेर्रा लगायतका स्वास्थ्यकर्मीहरुले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए । सो कार्यमा स्वास्थ्य चौकी धोबीको स्वास्थ्यकर्मीले पनि सहयोग गरेका थिए ।

उपचारका लागि लिखु तामाकोशी गाउँपालिकाको वडा नं २, ३, ४ र ५ का बिरामीहरू आएका चिकित्सालयका सूचना अधिकारी हरिनारायण महतोले जानकारी दिए ।

बिरामीको स्वास्थ्य जाँचसँग निःशुल्क रूपमा आयुर्वेदिक औषधिहरू वितरण गरिएको चिकित्सालयका फार्मेसी सहायक प्रमोद पोखरेलले जानकारी दिए ।

शिविरमा अम्लपित्त, ग्यास्ट्रिक, पेट सम्बन्धी रोग, श्वास कास, पिनास, छाती सम्बन्धी रोग, हाडजोर्नि तथा नशा रोग, पायल्स, फिसर, फिस्टुला, उच्च रक्तचाप, मधुमेह, बाथ रोग तथा पाठेघर सम्बन्धी रोगको निःशुल्क चेकजाँच तथा निःशुल्क आयुर्वेदिक औषधी वितरण गरिएको चिकित्सालयका चिकित्सक डा। उत्तम गैरेले जानकारी दिए ।

प्रकाशित समय : ०८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु