गृहपृष्ठ एकै दिन सुनको मूल्य तोलामा १५०० रूपैयाँ बढ्यो
एकै दिन सुनको मूल्य तोलामा १५०० रूपैयाँ बढ्यो
गत बिहीबार घटेको सुनको मूल्य यो साताको सोमबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ५ सय रूपैयाँ घटेको सुनको मूल्य आज १ हजार ५ सय रूपैयाँ बढेको हो । कातिक १९ गतेदेखि २१ गतेसम्म तिहार बिदाको कारण सुनचाँदीको कारोबार भएको थिएन ।
महासंघका अनुसार गत बिहीबार ९१ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतिताेला ९२ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजाबी सुनको मूल्य ९२ हजार रूपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी तोलामा २५ रूपैयाँ बढेको महासंघले जनाइएको छ । महासंघका अनुसार आज चाँदी तोलामा १ हजार २५० रूपैयाँमा कारोबार भइरहेको हो । गत बिहीबार चाँदी तोलामा १ हजार २२५ रूपैयाँमा कारोबार भएको थियो ।
(यसअघि भूलवश शीर्षकमा अन्यथा पर्न गएकाले सच्याइएकाे छ।)
प्रकाशित समय : १६:५७ बजे




















