global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ कर्णालीमा कांग्रेसको समीक्षा भेलाको तयारी, केन्द्रीय सभापति थापा सुर्खेत आउने

कर्णालीमा कांग्रेसको समीक्षा भेलाको तयारी, केन्द्रीय सभापति थापा सुर्खेत आउने

कर्णालीमा कांग्रेसको समीक्षा भेलाको तयारी, केन्द्रीय सभापति थापा सुर्खेत आउने

सुर्खेत । नेपाली कांग्रेसले कर्णाली प्रदेशमा आयोजना गर्न लागेको प्रदेश स्तरीय भेलाको तयारी पुरा भएको जनाएको छ । भेलालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति गगनकुमार थापा कर्णाली आउने कार्यक्रम रहेको छ ।

शनिबार सुदूरपश्चिमको धनगढीबाट सुरु गरेको प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला सोमबार र मंगलबार सुर्खेतमा आयोजना गर्न लागेको हो ।

नेपाली कांग्रेसबाट विजयी जनप्रतिनिधिहरू भेलामा सहभागी हुने नेपाली कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण प्रसाद भट्टराईले भेलाको तयारी तीब्र रुपमा भई रहेको जानकारी दिए ।

कार्यक्रममा केन्द्रीय सभापति थापासहित उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेललगायत केन्द्रीय पदाधिकारीले सम्बोधन गर्ने कार्यक्रम रहेको भट्टराईले बताए । ‘नेपाली कांग्रेसबाट विजयी सबै तहका जनप्रतिनिधी, पार्टीका सबै तहका सभापति, प्रदेशका पदाधिकारी र सदस्यहरु, कर्णालीका केन्द्रीय सदस्यहरु भेलामा सहभागि हुनुहुनेछ’ उनले भने, ‘भेलाको व्यापक तयारी भइरहेको छ ।

नेपाली कांग्रेस कर्णालीका केन्द्रीय सदस्यहरु, प्रदेशका सभापति र पदाधिकारीहरु, प्रदेश संसदीय दलका नेता र सुर्खेत जिल्लाका पदाधिकारीसहितको बैठकले भेलाको व्यवस्थापकीय तयारी गरेको उनले बताए । बिशेष महाधिवेशन पछि प्रतिनिधीसभाको चुनावी आमसभा भन्दा पछि सभापति थापा लगायतका पदाधिकारी पहलिो पटक कर्णाली आउन लागेका हुन् । भेलाले प्रतिनिधी सभा निर्वाचनको समीक्षा र भावी रणनीतिहरुका लागि व्यापक छलफल गर्ने जनाएको छ ।

२८ गते उद्घाटन समारोह गर्ने, त्यसमा नेताहरुले सम्बोधन गर्ने र २९ गते बिभिन्न ६ वटा बिषयगत समूहमा छलफल गर्ने तयारी काँग्रेसले गरेको जनाएको छ । प्रदेशस्तरीय प्रशिक्षण भेलामा २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समीक्षा गरिने र स्थानीय तहका जनप्रतिनिधिको कार्यसम्पादनबारे पनि छलफल हुने केन्द्रीय सदस्य भट्टराईले जानकारी दिए ।

विशेष महाधिवेशनपछि कांग्रेसका निवर्तमान कार्यवहाक सभापति पूर्णबहादुर खड्काको गृह जिल्लामै हुन लागेको समीक्षा भेलालाई चासोका साथ हेरिएको छ ।

प्रकाशित समय : ०९:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु