global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा एक  हजार ८५४ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा चार लाख ४८ हजार राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १२५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६६, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १७९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १७१ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने २७, निषेधित क्षेत्रमा हर्न बजाउने १०४, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ६६, एकतर्फी सडकमा सवारी चलाउने ११२ र अन्य सवारी नियम पालना नगरेका एक हजार ९०४ जनालाई कारबाही गरिएको हो ।

प्रकाशित समय : ०९:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु