global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ बैंक अफ काठमाण्डूको खुद नाफा २८ करोड ३४ लाख

बैंक अफ काठमाण्डूको खुद नाफा २८ करोड ३४ लाख

बैंक अफ काठमाण्डूको खुद नाफा २८ करोड ३४ लाख

बैंक अफ काठमाण्डूको खुद नाफा २८ करोड ३४ लाख पुगेको छ । बैंकलेले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणमा खुद नाफा ५ प्रतिशतले बढेको जनाएको छ ।

बैंकका अनुसार गत आर्थिक वर्षको यहि अवधिमा बैंकले २४ करोड १० लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेका कारण खुद नाफा बढ्न टेवा पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३।१८ प्रतिशत र सञ्चालन मुनाफा ५ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज भने ३४ करोड ४८ लाख रुपैयाँबाट घटेर ३ करोड ४२ लाख रुपैयाँमा सिमित भएको छ । यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ करोड ९२ लाख रुपैयाँ मात्रै रहेको छ ।

प्रकाशित समय : २३:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु