global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ अन्तत छोड्ने भए महेन्द्रबहादुर शाहीले कुर्सी 

अन्तत छोड्ने भए महेन्द्रबहादुर शाहीले कुर्सी 

अन्तत छोड्ने भए महेन्द्रबहादुर शाहीले कुर्सी 

लामो समयदेखि कुर्सी बचाउने कसरतमा लागेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पद छोड्ने भएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिने भएका हुन् । उनले साँझसम्म राजीनामा दिने प्रदेश सरकारका एक मन्त्रीले जानकारी दिए । आज साँझ पाँच बजे मन्त्रिपरिषद् बैठक पनि बस्दै छ । यसपछि उनले राजीनामा दिने छन् ।

सत्ता साझेदार नेकपा एमालेले २०७७ चैत ४ गते माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका शाही कांग्रेसको सहारामा पदमा आसिन थिए । २०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपा खारेज गरी दुई पार्टी (एमाले र माओवादी केन्द्र) लाई साविककै अवस्थामा पु-याइदिएको थियो । त्यसपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण एमाले सरकारबाट बाहिरिएको थियो ।

मुख्यमन्त्री शाहीले २०७८ वैशाख ३ गते संसदमा पेश गरेको विश्वासको प्रस्तावमा तत्कालीन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र एमाले माधव (समूहका) चार जना प्रदेशसभा सदस्यले उनको पक्षमा मतदान गरे । जसले गर्दा मुख्यमन्त्री शाहीको पद जोगियो । संसदबाट विश्वासको मत आर्जन गरेपछि कर्णाली सरकारमा उनको दोस्रो इनिङ सुरू भएको थियो । अहिले कांग्रेसका जीवनबहादुर शाहीको इनिङ हुने भए पनि उनी बाहिरिन लागेका हुन् ।

गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसदमा पेश गरेको विश्वासको प्रस्तावमा समर्थन गरेपछि सोही गुनको पैँचो तिर्न जीवनबहादुर शाहीलाई मुख्यमन्त्री पदका लागि उनले मार्ग प्रशस्त गरेका हुन् ।

प्रकाशित समय : ००:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु