global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ कांग्रेस कमजोर बन्दा जनताले दुःख पाउछन् : नेता सिंह

कांग्रेस कमजोर बन्दा जनताले दुःख पाउछन् : नेता सिंह

कांग्रेस कमजोर बन्दा जनताले दुःख पाउछन् : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस कमजोर बन्दा जनताले दुःख पाउने बताएका छन् । नेपाली कांग्रेस चितवन जिल्ला कार्यसमितिले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उनले कांग्रेस कमजोर बन्दा देश र जनता दुवैले दुःख पाउने बताएका हुन् ।

 कम्युनिष्टले गर्न नसकेको काम कांग्रेसले गरेको भए पनि कांग्रेसलाई कमजोर बनाउने काम भएको हुँदा आम जनताले दुःख पाउनुपरेको उनको भनाइ थियो । उनले भने, ‘संविधान जारी गर्ने,शान्ति सम्झौता गर्ने लगायतका महत्वपूर्ण काम कांग्रेसको नेतृत्वमा भएको छ,तर भोट माग्न जाँदा समस्या आउँछ ।’

उनले १४औं महाधिवेशनमा समयको माग, जनताको मर्म र संविधानको रक्षा गर्ने नेतृत्व छनोट गर्नुपर्ने बताए । पार्टीलाई विधानअनुसार चलाउनु र जनताको भावना बुझ्न सकेमा मात्रै पार्टीलाई कसैले पछि पार्न नसक्ने उनले जिकिर गरे । आगामी आम निर्वाचनमा पार्टीले आफ्नो तागतले एक्लै निर्वाचनमा जानुको विकल्प नरहेको उनको भनाइ थियो ।

कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आम निर्वाचनमा गठबन्धन विना निर्वाचन लड्ने तयारीमा लाग्नुपर्ने बताए । उनले भने, ‘चैतमा स्थानीय तहको निर्वाचन हुँदैछ, अहिलेको गठबन्धन सरकार सञ्चालनका लागि हो, निर्वाचनका लागि होइन ।’ 

आउँदो निर्वाचनमा पार्टीले जिल्लाका सबै तहमा जीत हासिल गर्नुपर्ने उनको भनाई थियो । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस धादिङका सभापति रमेश धमला, चिवतनका उपसभापति कैलाश कोइराला, क्षेत्रीय प्रतिनिधि सुशीला ढुंगानालगायतले पार्टी संगठन बलियो बनाउनुपर्ने धारणा राखेका थिए ।

प्रकाशित समय : ००:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु