काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रधानन्यायाधीशविरूद्ध बारकाे आन्दाेलन : कालोपट्टी बाँधेर विराेध जनाउँदै

11.21K
shares

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पदबाट राजीनामा दिन माग गर्दै नेपाल बार एसोसिएसनले विभिन्न विरोधका कार्यक्रम गर्दै आएको छ । बारले आज (आइतबार)देखि सर्वोच्च अदालत परिसरमै विरोध कार्यक्रम गर्ने जनाएको छ ।

बारले आजदेखि सर्वोच्च अदालत परिसरमै कालो पट्टी बाँधेर विरोध गर्ने कार्यक्रम तय गरेको छ । कार्यक्रममा सहभागी हुन बारले कानुन व्यवसायीलाई अनुरोधसमेत गरेको छ । कानुन व्यवसायीहरुले आगामी बुधबारसम्म प्रत्येक दिन बिहान १०-११ बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाधेर विरोध कार्यक्रम गर्ने शुक्रबारको बार बैठकले निर्णय गरेको थियो ।

बुधबारसम्म प्रधानन्यायाधीशलाई राजीनामा दिन नेपाल बारले आग्रह गरेको छ । सो अवधिसम्म पनि राजीनामा नदिए थप आन्दोल गर्ने बारले जनाएकाे छ ।