आइएमई पे र मिस युनिभर्स नेपाल २०२१ को प्रतियोगिताका लागि साझेदारी घोषणा
वि.सं.२०७८ असोज १९ मंगलवार १३:३७
shares

आइएमई पे मिस र युनिभर्स नेपाल २०२१ को प्रतियोगिताका लागि साझेदारी घोषणा गरिएको छ । जनताको छनौटको माध्यमबाट प्रतियोगिताको लोकतान्त्रिकरणलाई सक्षम पार्दै आईएमई पे MUNÚ21 को लागि डिजिटल भुक्तानी साझेदार बनेको छ ।
मिस युनिभर्स संगठनको नेपालस्थित आधिकारिक संस्था मिस युनिभर्स नेपाल MUN ले २०२१ को लागि मिस युनिभर्स प्रतियोगिता सेप्टेम्बर २३ बाट सुरु गरिसकेको छ । यस वर्षको छोटो तर प्रभावकारी कार्यक्रमको फाइनल अक्टुबर ३० मा सम्पन्न हुँदैछ भने अक्टुबर १० मा क्वार्टर फाइनल पूरा हुने प्रबन्ध रहेकाले यस बेला शीर्ष ५० प्रतियोगीहरु ताजको लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
आइएमई पे मिस युनिभर्स नेपाल २०२१ को डिजिटल भुक्तानी साझेदार रहने छ । जसअन्तर्गत मिस युनिभर्स नेपाल २०२१ को सम्पूर्ण भोटिङ गतिविधि आइएमई पेको डिजिटल वालेट एपमार्फत हुनेछ । सो एप एन्ड्रोइडका लागि गुगल प्ले स्टोर र आईओएस उपकरणहरुका लागि एप स्टोरमा उपलब्ध छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा लोकप्रिय र व्यापक रूपमा प्रयोग गरिएको डिजिटल भुक्तानी पोर्टल आइएमई पे अब फ्यानहरुले आफ्नो मनपर्ने प्रतियोगिलाई अगाडी बढाउन मद्दत गर्ने साधन बनेर आएको कम्पनीको दाबी छ । अघिल्लो वर्ष जस्तै, क्वार्टर फाइनलका लागी जजिंग स्कोर र भोटिङ मिलाएर औसत अंक निर्धारण गरिने छ । तथापि, प्रतियोगिता अगाडि बढेसँगै मोडालिटी पनि परिवर्तन हुँदै जानेछ । डिजिटल भुक्तानी साझेदार, आइएमई पेअन्तर्गत सञ्चालन हुने MUNÚ21 भोटिङ को पूर्ण विवरण :
टप ५० क्वार्टरफाइनल
सबै प्रतियोगीहरुको टास्क १ (स्विमसूट राउन्ड) र टास्क २ (जजसँग अन्तरवार्ता) का आधारमा समिक्षा गरिनेछ । जजबाट प्राप्त अंकको भार ५०% प्रतिशत रहनेछ, जसलाई आईएमई पे मा प्राप्त कुल मतसंग मिलाएर औसत अंकको निर्धारण हुनेछ ।
सेमिफाइनल र फाइनल
सेमिफाइनलिस्टको घोषणापछि फाइनलका लागि भोटिङ सुरु हुनेछ । भोटिङ ग्रान्ड फाइनल सम्म जारी रहनेछ । आइएमई पे मा सबैभन्दा धेरै मत प्राप्त गर्ने सेमिफाइनलिस्टका लागि मिस युनिभर्स नेपाल २०२१ को शीर्ष १० मध्ये एक स्थान जनताको छनौटको रूपमा सुरक्षित रहनेछ । प्रेस प्रसतुति पश्चात, २१ अक्टुबरमा, 'सोसल इम्प्याक्ट लिडर' को लागि भोटिङको घोषणा गरिनेछ जुन पछिल्लो वर्ष ब्रेभ बोल्ड एण्ड ब्युटिफुल सोसल एड्भोकेसीको रूपमा सुपरिचित थियो । आइएमई पे मा आफ्नो सामाजिक अभियानको लाग सबैभन्दा धेरै मत प्राप्त गर्ने सेमीफाइनलिस्टका लागि मिस युनिभर्स नेपाल २०२१ को शीर्ष १० मध्ये एक स्थान प्रभावकारी सामाजिक अगुवाको रूपमा सुरक्षित रहनेछ । मिस युनिभर्स नेपाल २०२० अंशिका शर्माले अक्टोबर ३०मा मिस युनिभर्स नेपाल २०२१को विजेतालाई ताज पहिराउनेछिन् ।

























