काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चोरीको मोटरसाइकलसहित एक जना ट्राफिक प्रहरीको नियन्त्रणमा

12.2K
shares

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाइकल र स्कुटरसहित १ जनालाई गोकर्णेश्वरबाट नियन्त्रणमा लिएको छ । महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । 

नियन्त्रणमा लिनेमा गोकर्णेश्वतर नगरपालिका वडा नं. ६ नयाँबस्तीबाट दोलखा कालिञ्चोक घर भई हाल बौद्ध बस्ने २४ वर्षको तेज बहादुर खड्का रहेको महाशाखाले जनाएको छ । विशेष सुराकीको आधारमा उनलाई पक्राउ गरी उनलले लुकाई पार्किङ गरी राखेको बा५६प ४५४४ नम्बरको पहेलो रङको डिओ स्कुटर फेला परेको हो । उक्त स्कुटर यहि असोज १ गते मकवानपुर मनहरीका किरण वाईबाले ललितपुरको खुमलटारमा पार्किङ गरको अवस्थामा हराएको भनि महाशाखामा जानकारी दिएका थिए। थप अनुसन्धान गर्दै जाँदा उनले चोरी गरी वास्तविक नम्बर परिवर्तन गरि प्रदेश ३-०२-०१०प ७४४ नम्बर प्लेट भएको कालो रातो रंगको २२० सीसीको पल्सर मोटरसाइकलसमेत फेला पारेको हो ।

वास्तविक नं. बागमती प्रदेश०२-०१७प ७८०३ भएको उक्त मोटरसाइकल यहि भाद्र ३० गते काठमाण्डौंको काँडाघारीस्थित पार्किङबाट हराएको खुल्न आएको छ । उक्त मोटरसाइकल भोजपुर वडा नं ५ बोखिम घर भई काँडाघारी बस्ने बिशाल तामाङको रहेको पत्ता लागेको छ । पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी वृत्त सातदोबाटोमा बुझाएको महाशाखाले जनाएको छ ।