global ime bank Long Banner Ad

गृहपृष्ठ सनराइज बैंकको २ शाखारहित बैंकिङ सेवा विस्तार

सनराइज बैंकको २ शाखारहित बैंकिङ सेवा विस्तार

सनराइज बैंकको २ शाखारहित बैंकिङ सेवा विस्तार

सनराइज बैंक लिमिटेडले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्‍याउने उद्देश्यले शाखारहित बैकिङ सेवा विस्तार गर्दै आएको छ । सोही क्रममा श्रावण ३२ सोमबार बैंकले प्रदेश २, सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं.१५ सोकनाह बजारमा ८८ औं शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको थियो ।

त्यसैगरी भदाै १३ गते आइतबार बैंकले प्रदेश १, सुनसरीको रामधुनी नगरपालिका वडा नं. २ तित्रिवनमा ८९ औं शाखारहित बैंकिङ सेवा सुरू गरेको छ । उक्त शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ संख्या ८९ पुगेको छ । बैंकले सेवा सञ्चालनका लागि सोकनाह बजारका जितेन्द्र कुमार साह र तित्रिवनकी स्थानीय व्यवसायी रमिता चौधरीलाई व्यावसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ ।

सो शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवासमेत उपलब्ध गराइने बताएको छ । बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा एटीएम र ८९ वटा शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ । 

प्रकाशित समय : १६:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु