global ime bank Long Banner Ad

गृहपृष्ठ संखुवासभा हत्या प्रकरण : अनुसन्धानका लागि तालिम प्राप्त कुकुर ल्याइँदै

संखुवासभा हत्या प्रकरण : अनुसन्धानका लागि तालिम प्राप्त कुकुर ल्याइँदै

संखुवासभा हत्या प्रकरण : अनुसन्धानका लागि तालिम प्राप्त कुकुर ल्याइँदै

एकै परिवारका छ सदस्यको भएको सामूहिक हत्याको अनुसन्धानका लागि धरानबाट तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली संखुवासभा आउँदै गरेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहालको टोली तालिम प्राप्त कुकुर लिएर मादी आउँदै गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

घटनाको जानकारी पाएलगत्तै अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदी सदरमुकाम खाँदबारीबाट घटनास्थल प्रस्थान गरेका छन् । सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्नु ६ घण्टा लाग्छ । घटनास्थल तेह्रथुम र संखुवासभाको सिमानामा पर्दछ । सोमबार राति अज्ञात समूहले धारिलो हतियार प्रहार गरी मादी–१ का स्थानीयवासी ५८ वर्षीय तेजबहादुर कार्कीसहित ६ जनाको हत्या गरेको थियो ।

तेजबहादुरको शव रोडको भित्तामा फेला परेको प्रहरी निरीक्षक खतिवडाले बताए । तेजबहादुरकी आमा ८४ वर्षीया पार्वतीको शव घरमै फेला परेको छ । तेजबहादुरकी ५२ वर्षीया श्रीमती कमला र ३२ वर्षीया बुहारी रञ्जनाको शव खोल्सामा फेला परेको उनले बताए । त्यस्तै तेजबहादुरका ११ वर्षीय नाति दिपेन र सात वर्षीया नातिनी गोमाको शव खरबारीमा फेला परेको प्रहरीले जनाएको छ ।

हत्याकाण्डमा तेजबहादुरका बुवा ८५ वर्षीय बौद्धमान भने सकुशल रहेको प्रहरीले जनाएको छ । रञ्जनाका श्रीमान् रमेश कार्की हाल वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेको प्रहरी निरीक्षक खतिवडाले जानकारी दिए ।

प्रकाशित समय : ०१:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु