global ime bank Long Banner Ad

गृहपृष्ठ टेलिटकलाई नेपालको आधिकारिक केयर सेन्टरको रूपमा नियुक्त गरिँदै

टेलिटकलाई नेपालको आधिकारिक केयर सेन्टरको रूपमा नियुक्त गरिँदै

टेलिटकलाई नेपालको आधिकारिक केयर सेन्टरको रूपमा नियुक्त गरिँदै

टेलिटक प्राइभेट लिमिटेड, नेपालमा नोकिया फोनको आधिकारिक वितरकले ताम्राकार कम्प्लेक्स, न्यूरोडमा नोकिया फोन केयर सेन्टर सुचारु गरेको छ । ग्राहकहरुबाट नोकिया उत्पादनहरुको बढ्दो मागले कम्पनीलाई वान–स्टप टेक्निकल सपोर्ट प्रदान गरी यो केयर सेन्टर खोल्न प्रेरित गरेको हो ।

अब ग्राहकले आफ्नो स्मार्टफोनका मर्मतको समस्याहरुलाई सेवा केन्द्रबाट बिना कुनै ढिलाई सजिलै समाधान गर्न सक्ने कम्पनीले जनाइएको छ । टेलिटकका निर्देशक प्रतीक जलानले भने, 'केयर सेन्टरले नोकिया स्मार्ट फोनको मर्मतसम्बन्धी सबै सेवाहरु प्रदान गर्ने छ । सेवा केन्द्र राम्रो प्रशिक्षित व्यवसायिक प्राविधिकहरुले भरिपूर्ण छ जसले एक्सेप्सनल ग्राहक सेवाका साथ जेनुइन स्पेयर पार्ट्सको उपलब्धतामा आश्वासन प्रदान गर्दछ ।'

नेपालमा नयाँ लन्च गरिएको उत्पादन 

स्मार्ट फोन क्याटागोरीमा भर्खरै लन्च गरिएका नोकिया जी १०, नोकिया जी २० र नोकिया सी २० फोनहरु किफायती मूल्यमा अत्याधुनिक सुविधाहरुसँग उपलब्ध भएका छन् । साथै फिचर फोनहरु जस्तै नोकिया ५३१०, नोकिया ३३१०, नोकिया १५० र अन्य फोनहरु सूपथ मूल्यमा पाउनुका साथै सजिलै देश भरीमा उपलब्ध छन् । ब्राण्डले भर्खरै नोकिया एसेन्सीयल वायरलेस हेडफोन, नोकिया लाइट इयर बड्स र नोकिया पोर्टेबल वायरलेस स्पीकरलाई आफ्नो एक्सेसरिजहरुको क्षेत्रमा लन्च गरेको छ । जसले गुणस्तरीय उत्पादनहरु प्रस्तुत गर्नका साथै ग्राहकलाई विश्वास र हेरचाह पनि प्रदान गरिरहेको छ ।

नोकिया एक विश्वसनीय र भरपर्दो ब्रान्ड रहेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार यसले ३ दिनको ब्याट्री लाइफ प्रदान गर्दछ र तीन वर्षसम्मको सेक्युरिटी अपडेट आफ्नो स्मार्टफेनमा प्रदान गर्दछ । जहाँ फाइलहरु, भिडियोहरु, फोटोहरु र डाटा सधैं सुरक्षित हातमा रहने छ । नोकियाका फीचर फोनहरु र नोकिया सी १ स्मार्ट फोन विश्वसनीय र टिकाउ ह्यान्डसेटहरु हुन् । जुन ३६५ दिनको रिप्लेस्मेन्ट ग्यारेन्टीको साथ उपलब्ध छ । 

एचएमडी ग्लोबल

एचएमडीले ग्राहक र मूल्य बिन्दुहरुको एक श्रेणीमा लक्षित स्मार्टफोन र फीचर फोनको एक रेन्जलाई डिजाइन गर्दछ । नवीनता र गुणस्तरको लागि प्रतिबद्धताका साथ, नोकिया ब्रान्ड एचएमडी फोन र ट्याब्लेटहरुको इजाजतपत्र भएको प्राप्तकर्ता हो । थप जानकारी को लागि http://www.hmdglobal.com. मा गएर हेर्ने सक्ने कम्पनीले जनाइएको छ । एचएमडी ग्लोबलद्वारा एक वास्तविक जीवन युजेज टेस्टमा आधारित थप जानकारीका लागि http://nokia.com/phones/nokia मा हेर्न सक्नेछन् ।

प्रकाशित समय : १७:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु