गृहपृष्ठ आइसीएफसी फाइनान्सका ग्राहकलाई केटीएम सीटीमा छुट
आइसीएफसी फाइनान्सका ग्राहकलाई केटीएम सीटीमा छुट
आइसीएफसी फाइनान्स लिमिटेड र शेर्पा आउटडोर प्रालि (KTM CITY) बीच फाइनान्सका डेबिट कार्ड वाहक, ICFC Smart का सेवा उपभोग गर्ने ग्राहक, एवम् कर्मचारीलाई छुट प्रदान गर्ने सम्झौता भएको छ । आइसीएफसी र केटीएमबीच शेर्पा आउटडोर प्रालि (KTM CITY) मा सपिङ गर्दा सम्पूर्ण सामानमा २५ प्रतिशत सम्मको छुट प्रदानगर्ने सम्झौता भएको हो ।
उक्त सम्भौतापत्र आइतबार फाइनान्सको तर्फबाट बौद्ध शाखाका शाखाप्रबन्धक सुदिन कुमार लामा र शेर्पा आउटडोरका तर्फबाट अध्यक्ष काजी शोर्पाले हस्ताक्षर गरेका हुन् ।
प्रकाशित समय : १६:५५ बजे



















