गृहपृष्ठ तोलामा एक हजार तीन सयले घट्यो : सुनको मूल्य
तोलामा एक हजार तीन सयले घट्यो : सुनको मूल्य
काठमाडौँ । स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा एक हजार ३०० ले घटेको छ ।
सोमबार प्रतितोला दुई लाख ९२ हजार ८०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने दुई लाख ९१ हजार ५०० मा कारोबार हुने गरी निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा ९० ले घटेको छ । सोमबार प्रतितोला पाँच हजार १५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने पाँच हजार ६० निर्धारण भएको छ ।
प्रकाशित समय : १२:०३ बजे



















