global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ सुनको मूल्य पुन: घट्यो

सुनको मूल्य पुन: घट्यो

सुनको मूल्य पुन: घट्यो

मंगलबार घटेको सुनको मूल्य बुधबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ४ सय रूपैयाँ घटेको सुनको मूल्य आज २ सय रूपैयाँ घटेको हो ।

महासंघका अनुसार मंगलबार तोलामा ९१ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार ९१ हजार रूपैयाँमा कारोबार भइरहेको छ । आज तेजाबी सुनको मूल्य तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै मंगलबार तोलामा ५ रूपैयाँ घटेको चाँदी बुधबार १० रूपैयाँ घटेको छ । मंगलबार १ हजार २०५ रूपैयाँमा कारोबार भएको चाँदी आज १ हजार १९५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित समय : १६:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु