Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

दाेस्रो दिन पनि घट्याे सुनकाे मूल्य

न्युज कारोबार काठमाडौं साउन १८, २०७८       

दाेस्रो दिन पनि घट्याे सुनकाे मूल्य

साताको दोस्रो दिन सोमबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । साेमबार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आइतबार छपावाला सुनको मूल्य तोलाको ९२ हजार चार सय रुपैयाँ थियो । महासंघका तेजाबी सुनको मूल्य तोलामा पनि एक सय रुपैयाँले घटेर ९१ हजार ८ सय  रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै चाँदीको मूल्य स्थिर रही तोलामा १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित खबरहरु