Nepalese Flag २०७८ साउन १८ गते सोमबार   |   August 02, 2021

ग्रीन टायर कम्पनीको ‘सारथी टायर’ बजारमा

न्युज कारोबार काठमाडौं असार २४, २०७८       

ग्रीन टायर कम्पनीको ‘सारथी टायर’ बजारमा

ग्रीन टायर प्रालिले ट्रयाक्टरको पछाडि भागमा लाग्ने टायर उत्पादन गरेर बजारमा ल्याएको छ । शेर्पा ब्रान्डमा उत्पादन गरिएको उक्त टायरको नाम ‘सारथी टायर’ राखिएको कम्पनीले जनाएको छ ।

रियर टायर भनिने ट्रयाक्टरको पछिल्लो भागमा प्रयोग गर्न सकिने उक्त टायर कृषि क्षेत्रमा प्रयोग हुने पहिलो नेपाली टायर हो । नेपालको कठिन सडक तथा भौगोलिक संरचनाको हिसाबले तयार गरिएकोले सो टायर नेपाली माटो तथा बाटोलाई सुहाउने कम्पनीको दाबी छ । सो टायरमा ताप प्रतिरोधी क्षमता रहेको छ भने पन्चर सुरक्षाको लागि थ्रेडको बीचमा अतिरिक्त रबर प्रयोग गरिएको छ । कुल २० वटा गोटी रहेको र हाई एनएसडीसहित उत्कृष्ट ट्रयाक्सन युक्त टायर भएकोले यसले राम्रो उत्पादकत्व दिने कम्पनीले जनाएको छ ।

कम्पनीको अनुसार अहिले बजारमा सो टायर १३.६–२८ को साइजमा बजारमा उपलब्ध छ । आगामी केही दिनमा अन्य साइजका एग्रिकल्चर टायरसमेत बजारमा उपलब्ध गराउने तयारी भइरहेको छ । तीन वर्ष पहिले मोरङको कटहरीमा स्थापना भएको ग्रीन टायर प्रालिले डेल्टा र शेर्पा ब्रान्डका टु ह्विलर, थ्री ह्विलर तथा एग्रीकल्चर सेगमेन्टका टायरहरु उत्पादन गर्छ । हाल कम्पनीले प्रतिवर्ष २.५ लाख थान टायर उत्पादन गरिरहेको छ । आगामी वर्षदेखि ५ लाख थान टायर उत्पादन हुनेछ । 

सम्बन्धित खबरहरु