global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ आज पनि रिट निवेदकका तर्फबाट जवाफी बहस, आजै एमिकस क्युरीको राय

आज पनि रिट निवेदकका तर्फबाट जवाफी बहस, आजै एमिकस क्युरीको राय

आज पनि रिट निवेदकका तर्फबाट जवाफी बहस, आजै एमिकस क्युरीको राय

सर्वोच्च अदालतमा आज प्रतिनिधिसभा विघटनविरुद्ध दायर मुद्दामा रिट निवेदक तर्फका वकिलहरुको जवाफी बहस सोमबार पनि जारी रहने छ । सोमबार नै एमिकस क्युरीले राय प्रस्तुत गर्ने तयारी पनि छ । संवैधानिक इजलासमा जवाफी बहसका लागि २ घण्टा २ मिनेट बाँकी समय छ । जवाफी बहसका लागि ३ घण्टा समय तय गरिएकोमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले आइतबार नै एक घण्टा जवाफी बहस गरेका थिए ।

सोमबार बरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, हरिहर दाहाल र शम्भु थापाले जवाफी बहस गर्नेछन् । जवाफी बहस सकिएपछि एमिकस क्युरीले स्वतन्त्र राय दिनेछन् । एमिकस क्युरीका लागि संवैधानिक इजलासले दुई घण्टा समय छुट्याएको छ । उनीहरुले आधा-आधा घण्टाको दरले २ घण्टा समय लिएर राय प्रस्तुत गर्नेछन् ।

सर्वोच्च अदालत बार र नेपाल बारबाट दुई-दुई जना एमिकस क्युरी छनोट गरिएको छ । संवैधानिक इजलासलाई मुद्दा सुनुवाइमा सहयोग गर्न सर्वोच्च अदालत बार एसोसिएसनको तर्फबाट वरिष्ठ अधिवक्ता कोमल प्रकाश घिमिरे र प्रकाश बहादुर केसी तथा नेपाल बार एसोसिएसनको तर्फबाट वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठकलाई एमिकस क्युरीमा राखिएको छ । 

प्रकाशित समय : १४:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु