काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

यमनका हुथी विद्रोहीद्वारा मरिब क्षेत्रमा क्षेप्यास्त्र प्रहार

15.65K
shares

यमनका हुथी विद्रोही समूहले सरकारी नियन्त्रणमा रहेको मरिब सहरमा तैनाथ सेनालाई लक्षित गरी दुई वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ । हुथी समूहका सैनिक प्रवक्ता याह्या सारेयले एक विज्ञप्ति प्रकाशन गरी हुथी समूहले मरिब सहरस्थित सेनाका साहन अल-जेन क्याम्प र क्षेत्रीय क्याम्प गरी दुई ठाउँलाई लक्षित गरिएको बताएका छन् ।

मरिबका स्वास्थ्यकर्मी र स्थानीयबासीले हुथीले प्रहार गरेको क्षेप्यास्त्र आवासीय इलाकामा खसेको बताउँदै यस आक्रमणबाट एक बच्चासहित तीन जनाको मृत्यु भएको जानकारी दिएका छन् । इरान समर्थित हुथी समूहले मध्य यमनको तेल खानी रहेको मरिब क्षेत्रलाई नियन्त्रणमा लिन पछिल्ला केही दिनदेखि सरकारी सेनाविरुद्ध कारबाही थालेको छ । यहाँ साउदी अरबको समर्थन प्राप्त यमनको सरकारी सेनाको नियन्त्रण छ ।

मरिबमा यमनका अन्य क्षेत्रबाट पलायन भएर आएका झण्डै २० लाख मानिस रहेका छन् । यमनमा जारी गृहयुद्धका कारण दश हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ भने लाखौं मानिस अन्यत्र पलायन भएका छन् । संयुक्त राष्ट्रसंघले हालै द्वन्द्वरत पक्षहरुलाई वार्तामा ल्याई युद्धविराम गराउने प्रयास समेत विफल भएको थियो ।

यमनमा सन् २०१४ को अन्त्यदेखि गृहयुद्ध जारी छ । यमनका प्रमुख विद्रोही समूह हुथीले राजधानी सानासहित सबैजसो उत्तरी प्रान्तहरुलाई नियन्त्रणमा लिएको छ ।