एमालेमा ब्युँतियाे केन्द्रीय कमिटी, महाधिवेशन आयोजक कमिटी खारेज
वि.सं.२०७८ असार १६ बुधवार २०:५६
shares

नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंग भएको छ । अब एमालेका काम कारबाही केन्द्रीय कमिटीकै नामबाट सञ्चालन गरिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले १०औं महाधिवेशन आयोजक समिति खारेज गरी केन्द्रीय कमिटीको बैठक डाकेको छ ।
पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार आजको बैठकले १०औं महाधिवेशन आयोजक समितिलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको छ । बैठक असार १८ गते बस्ने तय भएकाे छ । महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारबाहीसमेत निष्क्रिय भएको छ ।
नेकपा एमालेको स्थायी कमिटीमा ८ जना थप भएका छन् । नेकपा एकता प्रक्रियामा एमालेबाट थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तसहित माओवादीतर्फ नलागी एमालेमा समाहित भएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लवेखराज भट्ट, मणि थापा स्थायी कमिटी सदस्य बनेका छन् ।























