Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

शिवराज नगरपालिकालाई अशोक लेलैण्डको बारुणयन्त्र हस्तान्तरण

न्युज कारोबार काठमाडौं असार २, २०७८       

शिवराज नगरपालिकालाई अशोक लेलैण्डको बारुणयन्त्र हस्तान्तरण

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्धित अशोक लेलैण्डले कपिलवस्तुस्थित शिवराज नगरपालिकालाई सुविधा सम्पन बारुणयन्त्र (दमकल)हस्तान्तरण गरेको छ । उक्त सुविधासम्पन्न दमकल नेशनल फायर सेफ र आइएमई मोटर्सको संयुक्त प्रयासमा नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

शिवराजन गरपालिकाका प्रमुख नेत्रराज अधिकारीलाई सो दमकल आइएमई मोटर्स प्रालिका कर्पोरेट सेल्स हेड सुशिल राणाथापाले हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख अधिकारीले दमकल आफ्नो नगरपालिकामा पहिलो पटक खरिद गर्न पाउँदा अत्यन्त खुशी लागेको बताए । उनले आगलागीका घटनामा नगरवासीको जीउधनको रक्षा गर्न र क्षतिको रोकथामको लागि दमकल उपयोगी साबित हुने विश्वास लिएको बताए ।

अशोक लेलैण्डको १२१२ इकमेट मोडलको च्यासिसमा बनाइएको दमकलमा ४ हजार लिटर पानी अट्ने क्षमता रहनुका साथै दमकलमा ५०० लिटर फोम भर्न सकिन्छ । जसले गर्दा आगलागी भएको ठाउँमा छिटै र सजिलै धनजनको क्षति हुनबाट रोक्न सकिन्छ । केहीमहिना अगाडि अशोक लेलैण्डको दमकल नेपालका विभिन्न नगरपालिका जस्तै पुर्वको उर्लाबारी, लेटाङ, इनरुवा नगरपालिका, इटहरी उप-महानगरपालिका, बर्दियाको बाँसगढी नगरपालिका, काठमाडौंको चन्द्रागिरी नगरपालिका, नेपाल आयल निगम लिमिटेड साथै हालै प्रदेश नं. २ को आन्तरिक मामिला तथा कानूनमन्त्रालयलाई हस्तान्तरण गरिएको थापाले बताए । कार्य क्षमता, र अत्याधुनिक उपकरणका साथै मर्मत खर्चसमेत कम हुने भएकोले यो दमकल नेपालमा बढी रूचाइएको दमकलमध्येमा पर्दछ ।
 

सम्बन्धित खबरहरु