विकास बैंक एशोसियसन नेपालद्वारा सदस्य बैंकहरूको निम्ति ७ बुँदे निर्देशन
वि.सं.२०७८ वैशाख ३१ शुक्रवार १९:३१
shares

कोरोना भाइरसको विषम परिस्थितिले गर्दा ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्नका लागि बैंक तथा वित्तीय संस्थालाई चुनौंती थपिएको छ । यिनै कुरालाई मध्येनजर गर्दै विकास बैंक एसोसिएसन नेपालको कार्य समितिले वैशाख १९ गते दिइएको निर्देशनको अतिरिक्त निम्नानुसारको थप व्यवस्था मिलाउन आफ्ना सदस्य बैंकहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ :
१. ग्राहक र कर्मचारीको सुरक्षाका लागि उपलब्ध र सम्भव भएसम्मका अझ थप उपायहरु अवलम्वन गर्ने ।
२. प्रधान कार्यालयका कर्मचारीलाई अत्यावश्यक बाहेकका कामका लागि कार्यालयमा नबोलाउने वर्क फ्रम होमको माध्यमबाट कार्य गर्ने गराउने ।
३. सूचना प्रविधि, ग्राहक विभाग र नगद विभागका कर्मचारीलाई पनि अत्यावश्यकताका आधारमा मात्रै कार्यालयमा बोलाउने ।
४. ग्राहकहरुले सम्पर्क व्यक्तिमार्फत गरेका अनुरोध र सुझावलाई व्यवहारिक तरिकाले नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको परिधिभित्र रहेर हल गर्ने ।
५. सम्भव भएसम्म डिजिटल बैंकिङ प्रडक्टहरुबाट बैंकिङ कारोवार गर्न आ-ग्राहकलाई उपलब्ध र सम्भव भएसम्मका सञ्चार माध्यमबाट अनुरोध गर्ने ।
६. आ-आफ्ना ग्राहकलाई परिस्थिति केहि सहज नभएसम्म साना-साना निक्षेप जम्मा गर्न भरसक बैंकमा नआउन अनुरोध गर्ने ।
७. नेपाल राष्ट्र बैंक, सम्बन्धित जिल्ला प्रशासन/नेपाल सरकारले दिएको निर्देशन पूर्णतया पालना गर्ने ।

























