काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपालको कोरोना ग्राफ : एक महिनामा ३४ गुणा बढे सक्रिय संक्रमति

21.86K
shares

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको ग्राफ नेपालमा पनि निरन्तर उकालोतर्फ गइरहेको छ । पहिलो चरणमा फैलिएको महामारी नियन्त्रणमा नआउँदै दोस्रो चरणको भेरियन्टले खासगरी भारत तथा विश्वका अन्य मुलुक यतिखेर आक्रान्त छन् । दोस्रो भेरियन्ट तुलनात्मक रुपले बढी संक्रामक रहेको विज्ञहरुको भनाइ छ । नभन्दै नेपालमा पनि संक्रमण र मृत्युदर दिनानुदिन बढ्दो छ ।

नेपालको अवस्था हरेक दिन क्रमशः खराब हुँदै गइरहेको छ । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालमा बेड, अक्सिजन र भेन्टिलेटरको अभाव छ । अक्सिजनको अभावमा अस्पतालहरुले थप बिरामी भर्ना नलिने बताइरहेका छन् । बिरामीहरु उपचार नपाएरै मरिरहेका छन् । स्वास्थ्य सामग्री जुटाउने र आवश्यक नीतिनियम तर्जुमा गर्ने विषयमा सरकारी कदम प्रभावकारी भएको छैन ।

पछिल्लो एक महिनाको तथ्यांकअनुसार नेपालमा ३४ गुणाभन्दा बढीले सक्रिय संक्रमितको संख्या वृद्धि भएको देखिन्छ । चैत्र २८ गते सक्रिय संक्रमितको संख्या २ हजार ८ सय थियो भने एक महिनापछि वैशाख २८ गते यो संख्या ९७ हजार ८ पुगेको छ । वैशाख १ गते सक्रिय संक्रमितको संख्या ४ हजार ५६ थियो । त्यसको एक सातामा सक्रिय संक्रमितको संख्या दोब्बरभन्दा बढीले बढेको छ । चैत ८ गते सक्रिय संक्रमितको संख्या १० हजार ५८२ पुगेको छ । त्यस्तै १६ गते सक्रिय संक्रमित ३४ हजार नाघेको छ । त्यसको छ दिन पछिको तथ्यांक हेर्दा नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार नाघेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्यामा मात्र हैन संक्रमणदरमा पनि उच्च वृद्धि छ । चैतमा दैनिक ४०० भन्दा कम संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चैत ७ गते ७९, १४ गते ८५, २१ गते १२८ र २८ गते ३३७ जनामा संक्रमण पुष्टि भएको थियो । चैत्र महिनाको कोरोना ग्राफ हेर्दा कोरोना संक्रमणको अवस्था सामान्य नै रहेको देखिन्छ । 

वैशाखमा आएर भने संक्रमण र मृत्यदरको ग्राफ निरन्तर उकालोतिर लागेको छ । चैत्र २८ गते ३ हजार ५३२ पीसीआर परीक्षण गर्दा ३३७ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसको ठीक एक महिनापछि वैशाख २८ गते २५ हजार ९६ पीसीआर परीक्षण गर्दा ९ हजार ३१७ जनामा संक्रमण देखा परेको छ । यसरी चैत २८ गतेको एक महिनापछि ७.१ गुणा बढी पीसीआर गर्दा २७.६ बढी संक्रमित थपिएका छन् । चैत्र २८ गते पीसीआर परीक्षण गरिएकामध्ये ९.५४ प्रतिशत संक्रमित भेटिएका थिए । वैशाख २८ मा यो प्रतिशत बढेर ३७.१२ पुगेको छ ।

वैशाख १ गते नेपालमा ४ हजार २८९ जनामा पीसीआर परीक्षण गर्दा ६०३ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसको एक सातापछि अर्थात वैशाख ८ गते ८ हजार ८४४ पीसीआर परीक्षणमा २ हजार २ सय २० जनामा संक्रमण देखा परेको छ । त्यस्तै १६ गते १२ हजार ५९७ पीसीआर परीक्षणमा ४ हजार ८३१ जनामा संक्रमण पुष्टि भएको हो । २२ गते २१ हजार ३७२ पीसीआर परीक्षणमा ८ हजार ६०५ जनामा संक्रमण देखिएको छ । जुन २२ गतेभन्दा अगाडिको तुलनामा सबैभन्दा उच्च संक्रमण हो । पछिल्लाे समयमा एन्टिजेन परीक्षणसमेत भइरहेकाे छ । त्यसअघि भने पीसीआर विधिबाट मात्र परीक्षण भइरहेकाे थियाे ।

नेपालमा कोरोनाबाट मर्नेको संख्या पनि निरन्तर बढ्दो छ । चैत्रमा मृतकको संख्या १-२ जना रहने गरेकोमा पछिल्लो दिनमा सयौँ गुणा बढी मान्छे मरिरहेका छन् । चैत्रमा नै हेर्ने हो भने बढीमा ३ जनासम्मले ज्यान गुमाएका छन् । कति दिन त मृत्यु शून्य थियो । वैशाखमा आएर कोरोनाबाट मृत्यु हुनको संख्या बढ्दै गएको छ । वैशाख ८ गते ८ जनाको ज्यान गएकोमा १६ गते ३५ जना, २२ गते ५८ जना, र २९ गते हालसम्मकै उच्च २२५ जनाको निधन भएको छ ।

हाल नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख १३ हजार १११ पुगेको छ । संक्रमितमध्ये ७५ प्रतिशत अर्थात ३ लाख १२ हजार १९ जना डिस्चार्ज भएका छन् । त्यस्तै हालसम्म कोरोनाबाट ४ हजार ८४ जनाले ज्यान गुमाएका छन् । मृतक संख्या कुल संक्रमितको ०.९८ प्रतिशत हो । त्यसैगरी कुल संक्रमितमध्ये २३.४८ प्रतिशत सक्रिय संक्रमित छन् ।

कोरोना संक्रमण उच्च दरमा बढ्दै गएपछि विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार हालसम्म ७३ जिल्लामा स्थानीय प्रशासनको आदेशमा निषेधाज्ञा लगाइएको छ ।