गृहपृष्ठ कैलालीमा थप ६ जना कोरोना संक्रमितको निधन
कैलालीमा थप ६ जना कोरोना संक्रमितको निधन
कैलालीमा थप ६ जना कोरोना संक्रमितको ज्यान गएको छ । सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल र धनगढीकै निजी अस्पतालमा गरेर थप ६ जना संक्रमितको ज्यान गएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–४ की ४५ वर्षीय महिला, वडा नम्बर १८ कि ५० वर्षीया महिला र कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ की ६० वर्षीया महिलाको शनिबार राति निधन भएको हो । यस्तै, टीकापुर अस्पतालमा उपचाररत टीकापुर नगरपालिका–१ का ५० वर्षीय २ पुरूष र लम्किचुहा नगरपालिका–९ का ४३ वर्षीय पुरूषको पनि शनिबार राति ज्यान गएको कैलाली प्रशासन कार्यालयले जनाएको छ ।
प्रकाशित समय : १५:४३ बजे



















