global ime bank Long Banner Ad

गृहपृष्ठ संवैधानिक परिषदको बैठक बस्दै

संवैधानिक परिषदको बैठक बस्दै

संवैधानिक परिषदको बैठक बस्दै

आज संवैधानिक परिषदको बैठक बस्ने भएको छ । संवैधानिक आयोगहरुमा रिक्त पदाधिकारीमा नियुक्तिको सिफारिसबारे छलफल गर्न बैठक बस्न लागेको हो । अहिले लोकसेवामा सबै पदाधिकारी रिक्त छन् । यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ सदस्य रिक्त छन् । महिला आयोगसहित अरु केही संवैधानिक आयोगमा पनि पदाधिकारी रिक्त भएपछि नियुक्तिका लागि बैठक बस्न लागेको हो ।

संवैधानिक आयोगहरुका पदाधिकारी नियुक्तिका लागि परिषदले सिफारिस गर्दछ । सिफारिसमा परेका व्यक्तिहरुको संसदीय सुनुवाइको प्रक्रिया पूरा गरिन्छ । त्यसपछि राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ । प्रधानमन्त्री अध्यक्ष हुने संवैधानिक परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलका नेता रहन्छन् ।

सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले परिषदको बैठकमा सहभागी नहुने बताइसकेका छन् । देउवाले परिषदका अरु सदस्यहरुलाई पनि बैठकमा नजान आग्रह गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पनि संवैधानिक परिषदको बैठकको विरोध गरेका छन् ।

प्रकाशित समय : १५:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु