गृहपृष्ठ सामूहिक राजीनामा दिनेबारे छलफल गर्न खनाल-नेपाल पक्षको बैठक बस्दै
सामूहिक राजीनामा दिनेबारे छलफल गर्न खनाल-नेपाल पक्षको बैठक बस्दै
नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहको सांसद पदबाट सामूहिक राजीनामा दिनेबारे छलफल गर्न बैठक बस्न लागेको छ ।
आइतबार मध्याह्नतिर भर्चुअल माध्यमबाट बैठक गरेर एउटा निर्णयमा पुग्नुपर्ने भन्दै बैठक बस्न लागेको हो । त्यसका लागि नेताहरु अहिले आन्तरिक तयारीमा जुटेका छन् । दिउँसो १२ बजेतिर छलफल भर्चुअल मिटिङ हुने भएको छ । एमालेकी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले भनिन्, 'अब त निर्णय गर्नै पर्छ नि । अनिर्णयको बन्दी भएर बस्नु हुँदैन ।'
शनिबार भएको छलफलमा केपी ओलीलाई विश्वासको मत दिनुभन्दा सामुहिक राजीनामा गर्दा उपयुक्त हुने खनाल नेपाल पक्षले निष्कर्ष निकालेको छ । वैशाख २७ गते विश्वासको मत दिने बेलामा फ्लोर क्रस गर्नु अनुशासन विपरीत हुने भएकाले त्यस अगावै सांसद पदबाट राजीनामा दिने उक्त समुहको तयारी छ ।
प्रकाशित समय : १५:२८ बजे



















