global ime bank Long Banner Ad

गृहपृष्ठ प्रुडेन्सियल इन्स्योरेन्सको वित्तीय विवरण सार्वजनिक, ४० प्रतिशतले बढ्यो खुद नाफा

प्रुडेन्सियल इन्स्योरेन्सको वित्तीय विवरण सार्वजनिक, ४० प्रतिशतले बढ्यो खुद नाफा

प्रुडेन्सियल इन्स्योरेन्सको वित्तीय विवरण सार्वजनिक, ४० प्रतिशतले बढ्यो खुद नाफा

प्रुडेन्सियल इन्स्योरेन्सको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक विवरणअनुसार इन्स्योरेन्सको खुद नाफा ४० प्रतिशतले बढेको छ । कम्पनीको खुद बिमा शुल्क पनि ६०.२१ प्रतिशत बढेको विवरणमा उल्लेख छ ।

चालू आर्थिक वर्षको चैत सम्ममा इन्स्योरेन्सले १२ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४०.५० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ९ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा इन्स्योरेन्सको खुद बिमा शुल्क पनि ६०.२१ प्रतिशतले बढेर ४८ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।

प्रकाशित समय : १९:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु