गृहपृष्ठ कर्णालीमा दिगो विकासका लागि शिक्षा सम्बन्धी कार्यशाला सुरू
कर्णालीमा दिगो विकासका लागि शिक्षा सम्बन्धी कार्यशाला सुरू
दिगो विकासका लागि शिक्षा सम्बन्धि कार्यशाला गोष्ठी बिहीबार सुरु भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोग सचिवालयको आयोजनामा कार्यशाला सुरु भएको हो । भेरी माद्यमिक विद्यालय बराहताल गाउँपालिका २ सुर्खेतको समन्वयमा आयोजित कार्यशाला दुई दिनसम्म चल्नेछ ।
विद्यालय क्षेत्र शान्ति, सुरक्षा, हरियाली र सरसफाई हुनुपर्छ भन्ने मुल ध्येयका साथ बालबालिकालाई नियमितसमेत गर्नुपर्ने भन्दै कार्यक्रममको आयोजना गरिएको युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोग सचिवालयका सचिव युवराज पौडेलले जानकारी दिए । उनले सबैका लागि समावेशी शिक्षा हुनुपर्ने बताए । ‘युनेस्को सचिवालयले धेरै क्षेत्रमा काम गर्छ,’ उनले भने ‘तर सबै क्षेत्रमा शिक्षा क्षेत्र जोडिएर आउँछ ।’ उनले शिक्षा सबैभन्दा महत्वपूर्ण क्षेत्र भएकोले बालबालिकाहरुलाई शिक्षाबाट बञ्चित गरिन नहुने बताए । कर्णाली प्रदेशभर एउटा विद्यालयमा मात्रै युनेस्कोले आफ्ना कार्यक्रमहरु सञ्चालन गर्दै आएको र आगामी दिनमा अन्य विद्यालयहरु समेत समेटिने उनले बताए ।
विद्यालयलाई सूचना र प्रविधिसँग जोड्ने, सिकाई सहजीकरणका क्षेत्रमा समेत आफूहरुले काम गरेको पौडेलले बताए । अभिभावक, विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि तथा शिक्षा विकास तथा समन्वय इकाई सुर्खेतका प्रमुख भोजराज न्यौपानेको समेत कार्यक्रममा सहभागीता रहेको थियो । कार्यशालामा बालबालिकाहरुलाई कसरी नियमित गर्न सकिन्छ र शिक्षकलाई समेत कसरी अनुशासित गराउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो ।
प्रकाशित समय : १४:५५ बजे



















