nmb bank

गृहपृष्ठ तराईका जिल्लामा अत्याधिक चिसो, सतर्क रहन आग्रह

तराईका जिल्लामा अत्याधिक चिसो, सतर्क रहन आग्रह

तराईका जिल्लामा अत्याधिक चिसो, सतर्क रहन आग्रह

तराईकोका विभिन्न जिल्लामा बाक्लो हुस्सु तथा कुहिरो लागेको छ । आज सबैभन्दा चिसो नेपालगञ्जमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज नेपालगञ्जमा ५.५ डिग्री सेल्सियस तापक्रम रहेको छ । त्यस्तै कैलालीमा ६, भैरहवामा ६, सिमरामा ७.५, जनकपुरमा ६.६ र विराटनगरमा ८.८ डिग्री सेल्सियस तापक्रम रहेको छ ।

पश्चिम तराईमा बिहानको समय थोरै स्थानहरुमा हुस्सु तथा कुहिरो लागेको भएता पनि अपरान्हसम्ममा सुधार हुने सम्भावना रहेको छ । महाशाखाका अनुसार मध्य तराईका केही स्थानमा बाक्लो हुस्सु तथा कुहिरो लागेको छ । अपराह्नपछि सुधार हुने देखिन्छ ।

पूर्व तराईमा पनि बिहानको समयमा अधिकांश स्थानहरुमा हुस्सु/कुहिरो लागेको भएता पनि अपरान्हसम्ममा सुधार हुने देखिन्छ । कुहिरो तथा हुस्सु लागेको केही स्थानहरुमा राम्रोसँग घाम नलाग्ने भएकोले चिसोबाट बच्ने उपायहरु अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित समय : १५:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु