Nepalese Flag २०७८ वैशाख २९ गते बुधबार   |   May 12, 2021

'टीभीएस वा, वाह्, वाह्ह् योजना'अन्तर्गत अपाचे आरआर ३१० को पहिलो विजेता घोषणा

न्युज कारोबार काठमाडौं वैशाख १५, २०७८       

'टीभीएस वा, वाह्, वाह्ह् योजना'अन्तर्गत अपाचे आरआर ३१० को पहिलो विजेता घोषणा

टीभीएस वा, वाह्, वाह्ह् योजनाअन्तर्गत कैलाली- २, बर्दियाका बालचन्द थारु टीभीएस Apache RR 310 (अपाचे आरआर ३१०) पहिलो विजेता घोषणा गरिएको छ । विजेताले टीभीएस RTR Apache १६० २V खरिद गरेका थिए ।

टीभीएस वा, वाह्, वाह्ह योजनाअन्तर्गत ग्राहकले टीभीएसको कुनै पनि मोटरसाइकल वा स्कुटर खरिद गरेर यो योजनामा सहभागी बन्न सक्नेछन् । यो योजनाअन्तर्गत हरेक १५ दिनमा टीभीएसको फेसबुकमा प्रत्येक्ष प्रसारणमार्फत गोलाप्रथाद्वारा विजेता घोषणा गरिने छ । यस योजनाअन्तर्गत टीभीएसको कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा १० हजारसम्मको पक्का डिस्काउन्ट र शुन्य प्रतिशत व्याजदरको व्यवस्था भएको 'वा' अफर रहेको छ । साथै योजनालाई 'वा' बाट 'वाह्ह्' बनाउन योजनाको समय अवधिमा टीभीएसको कुनै पनि मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकमध्ये १ जना भाग्यशाली ग्राहकलाई हरेक १५ दिनमा एउटा नयाँ टीभीएस Apache RR 310 उपहार स्वरूप प्रदान गरिनेछ ।

यो योजना यतिमा मात्र सीमित नभएर 'वा' बाट 'वाह्' हुँदै 'वाह्ह्' सम्मको थप भव्य बनाउने योजनाको अन्त्यमा एकजना भाग्यशाली ग्राहकले बम्पर उपहारस्वरुप Standard MT भर्जनको नयाँ Proton Saga गाडी गोलाप्रथामार्फत पक्का प्राप्त गर्नेछन् । जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएस टु-ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १०० भन्दा बढी सेल्स सर्भिस र स्पेर्स डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ ।

११० देखि ३१० सीसीसम्मको गुणस्तरीय साधन बिक्रीपश्चातको व्यापक सेवा र देशभरमा जेन्युन पार्टपुर्जाहरुको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सबैभन्दा बढी रुचाइएको टु-ह्वीलर ब्राण्ड बनेको छ ।

सम्बन्धित खबरहरु