Nepalese Flag २०७८ वैशाख २९ गते बुधबार   |   May 12, 2021

बजाजको नयाँ शोरुम बल्खुमा

न्युज कारोबार काठमाडौं वैशाख १४, २०७८       

बजाजको नयाँ शोरुम बल्खुमा

नेपालका लागि बजाज मोटर साइकलको अधिकृत वितरक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रा.लिले बल्खुमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम आरएस अटोहब प्रा.लिको उद्घाटन गरेको छ ।

नेपालमा सबैभन्दा अधिक बिक्री हुने र विश्वासिलो अटो मोबाइल ब्राण्ड बजाजले अझ बढी सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले बल्खुमा पनि शोरुम सञ्चालनमा ल्याएको छ । यस उद्देश्यलाई सार्थक बनाउन आरएस अटोहब प्रा.लि बल्खुका प्रमुख राजेश देशारलाई डिलरसिप प्रदान गरिएको छ ।

बजाज ग्राहकहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य प्रदान गर्न सधै प्रतिबद्ध रहेको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ ।

नयाँ शोरुम शुभारम्भ गर्दै गोल्छा गु्रपका डिरेक्टर अभिमन्यु गोल्छाले भने, ‘हामी बल्खुमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रशन्न छौं । हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । बल्खुमा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् ।’

सम्बन्धित खबरहरु