काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रदेशसभाका ४ सांसदलाई कारबाही गरिएको पत्र संसद सचिवालयमा दर्ता 

20.54K
shares

फ्लोर क्रस गर्ने चारजना सांसदलाई निष्कासन गरेको सूचनासहित कारबाही गरिएको पत्र संसद सचिवालयमा दर्ता भएको छ । कर्णाली प्रदेशसभाको संसद सचिवालयमा आइतबार पत्र दर्ता भएको हो । 

नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले पत्र दर्ता गराएका हुन् । वैशाख ३ गते बसेको कर्णाली प्रदेशसभाको सातौँ अधिवेशनमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लिएको विश्वासको मतमा मतदान गरेको भन्दै उनीहरुलाई सोही दिन पदमुक्त गर्ने निर्णय गरिएको थियो । दलका नेता कँडेलले उनीहरुलाई पदमुक्त गर्नका लागि केन्द्रीय कमिटीमा लेखिपठाएका थिए । साथै नेकपा एमाले केन्द्रीय कमिटीले चारैजना सांसदलाई के कति कारणले फ्लोर क्रस गरेको भन्दै ६ गते स्पष्टीकरण लिएको थियो । 

नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले शुक्रबार साधारण सदस्यसमेत नरहनेगरी सांसद प्रकाश ज्वाला सल्यान, अम्मरबहादुर थापा दैलेख, कुर्मराज शाही कालिकोट र नन्दसिंह बुढा डोल्पालाई कारबाही गरेको हो । सो कारबाहीको आधिकारिकता दिनको लागि आइतबार नेकपा एमाले संसदीय दलले उनीहरुलाई निष्कासन गरेको पत्रसहित कारबाही पत्र दर्ता गराएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार वैशाख १३ गते बस्ने संसद बैठकमा कारबाही पत्र छलफलमा लैजाने, मन्त्रीहरुले कार्यभार सम्हाल्ने र अध्यादेश सम्बन्धमा छलफल गर्ने एजेण्डा भएको बताए । ‘हाउस नचलेको भए उक्त पत्र सूचना बोर्डमा टाँस हुन्थ्यो,’ उनले भने, ‘हाउस भोलि भएको हुँदा उक्त कारबाही पत्र त्यसमै छलफल हुन्छ ।’ उनका अनुसार कर्णाली प्रदेश सभाको सातौं अधिवेशनको दोस्रो बैठक दिउँसो दुई बजे बस्ने तय भएको छ ।