सबै तहका परीक्षा भोलिदेखि नै स्थगित गर्ने निर्णय
वि.सं.२०७८ वैशाख १३ सोमवार ००:२५
shares

कोरोना संकट व्यवस्थान केन्द्रले सबै तहको परिक्षा तत्काल रोक्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ । एक मन्त्रीका अनुसार (भोलि) सोमबारदेखि नै सीसीएमसीको बैठकले कोरोना संक्रमणलाई नियन्त्रण गर्न विद्यालय तथा विश्वविद्यालय तहमा चलेको सबै परीक्षा रोक्ने निर्णय गरेको हो ।
हाल स्नातकको विभिन्न तहको परिक्षा सञ्चालन भइहरेको र हुने क्रममा छ । प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको बैठकले स्थान हेरेर निषेधाज्ञा र लकडाउन गर्न सिफारिसमेत गरेको छ ।

























