आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
वि.सं.२०७७ चैत ३० सोमवार १६:५४
shares
संघीय संसद प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दैछ । बैठकमा राष्ट्रिय सूचना आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।उनका अनुसार आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिवेदन पेस गर्ने कार्यसूची राखिएको छ । राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेस हुने संसद सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ ।


























