nmb bank

गृहपृष्ठ भारतमा एकै दिन झण्डै एक लाख ५३ हजार संक्रमित

भारतमा एकै दिन झण्डै एक लाख ५३ हजार संक्रमित

भारतमा एकै दिन झण्डै एक लाख ५३ हजार संक्रमित

भारतमा कोरोनाभाइरसबाट एकै दिनमा डेढ लाखभन्दा बढी संक्रमित भएका छन् । एकै दिनमा यति धेरै संक्रमित भएको यो पहिलो पटक भएको स्वास्थ्य अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा एक लाख ५२ हजार ८७९ जना संक्रमित भएका हुन् । भारतमा पछिल्लो केही हप्तादेखि दैनिक संक्रमितको संख्यामा तिव्र वृद्धि हुँदै आएको छ भने पछिल्ला केही दिनदेखि दैनिक एक लाखभन्दा बढी संक्रमित भएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या एक करोड ३३ लाख ५८ हजार ८०५ पुगेको जनाएको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट संक्रमित भएका मध्ये ८३९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु भएकाहरुको कुल संख्या एक लाख ६९ हजार २७५ पुगेको छ ।

भारतमा ११ लाख आठ हजार ८७ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यसअघि गत शनिबार एकै दिनमा एक लाख ४५ हजार ३८४ जना संक्रमित भएका थिए ।

प्रकाशित समय : २०:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु