गृहपृष्ठ एफआइइयुएन राष्ट्रिय बिमा संस्थानको अध्यक्षमा श्रेष्ठ चयन
एफआइइयुएन राष्ट्रिय बिमा संस्थानको अध्यक्षमा श्रेष्ठ चयन
नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय बिमा संस्थानको अध्यक्षमा रविन्द्र श्रेष्ठ चयन भएका छन् । संस्थानको ८औं केन्द्रीय अधिवेशनले श्रेष्ठको अध्यक्षमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । लमजुङको घलेगाउँमा चैत्र शुक्रबार र शनिवार सम्पन्न भएको अधिवेशनले वरिष्ठ उपाध्यक्षमा अर्जुन पराजुली, महिला उपाध्यक्षमा कमाला बस्नेत, महासचिवमा कृष्णप्रसाद प्याकुरेल चयन भएका छन् ।
त्यस्तै उप-महासचिवमा धुर्व रेग्मी, सचिवमा वासु दाहाल, सह-सचिवमा रमेश उपाध्याय, कोषाध्यक्षमा शोभा पन्थी र सह-कोषाध्यक्षमा पशुपति दंगाललाई चयन गरेको अध्यक्ष श्रेष्ठले बताए ।त्यस्तै कार्य समिति सदस्यमा बालकृष्ण अधिकारी, विमल घिमिरे, रामप्रसाद मिश्र, हमबहादुर सरुमगर, सरिता भट्टराई, दिपेन्द्रप्रसाद गुप्ता, राजकुमार भँडेल, नारायण गिरी चयन भएका छन् ।
प्रकाशित समय : २०:२२ बजे


















