Nepalese Flag २०७८ वैशाख २४ गते शुक्रबार   |   May 07, 2021

डिशहोमले ल्यायो 'खुसीको उडान'

न्युज कारोबार काठमाडौं चैत २९, २०७७       

डिशहोमले ल्यायो 'खुसीको उडान'

डिशहोमले नेपालीहरुको विभिन्न उत्सवहरुलाई मध्यनजर गर्दै 'खुशीको उडान' योजना सुरु गरेको छ । यस योजनाको लक्ष्य हरेक सक्रिय ग्राहकलाई हरेक बिहीबार खास उत्साह र खुशी प्रदान गर्नु हो

यस योजनाअन्तर्गत हरेक हप्ताको बिहीबार हुने लक्की ड्रबाट दुई भाग्यशाली जोडीले बैंककको भ्रमण गर्न सक्नेछन् । लक्की ड्रमा सहभागी हुने ग्राहकले आफ्नो सदस्यतालाई डिशहोमका डिलरहरु मार्फत फन्ड ट्रान्सफरबाट टप अप गरेका हुन्छन् । साथै इ-वालेट एप्स र रिचार्ज कार्डबाट रिचार्ज गरेर पनि ग्राहकहरु यस योजनामा सहभागी हुन्छन् । ग्राहकहरुले वार्षिक रिचार्जमा विशेष छुट पनि प्राप्त गर्न सक्छन् ।

डिशहोम लक्की ड्रको पहिलो प्रत्यक्ष प्रसारण चैत २६, २०७७मा पाँच बजे डिशहोमका रियालिटी टिभी, रमाइलो टिभी, सरोकार टिभी र डिशहोम सोकेस च्यानलहरुमा भयो । पहिलो प्रत्यक्ष लक्की ड्रको विजेता ग्राहकहरु निम्न छन्

१. CAS ID No  ०२५५८१३३९६०

२. CAS ID No  ०२५१९२५०८८५

डिशहोमा अब अर्को प्रत्यक्ष प्रसारण बैशाख ०२, २०७८ बिहीबार,माथि उल्लेखित च्यानलहरुमा नै हुनेछ । सबै सक्रिय ग्राहकहरु यस लाइभ लक्की ड्रमा सहभागी हुन सक्नेछन् । ग्राहकले आफ्नो नजिकैको डिशहोम डिलर वा डिशहोम ग्राहक सेवा केन्द्रमा सम्पर्क गरी योजनाका बारेमा थप आधिकारिक जानकारी प्राप्त गर्न सक्नेछन् ।

 

सम्बन्धित खबरहरु