Nepalese Flag २०७८ वैशाख २८ गते मंगलबार   |   May 11, 2021

आधुनिक डिजाइनयुक्त 'बेनेली ७५२एस' पहिलोपटक नेपाली बजारमा

न्युज कारोबार काठमाडौं चैत २६, २०७७       

आधुनिक डिजाइनयुक्त 'बेनेली ७५२एस' पहिलोपटक नेपाली बजारमा

नेपालमा पहिलोपटक बेनेलीको नयाँ मोडल ७५२एस को उत्कृष्ट डिजाइनका गत बुधबार बेनेली शोरुम नक्सालमा उद्घाटन भएको छ । सधैँझै यसले पनि चालकको आवश्यकतालाई मध्यनजर गरिएको हुँदा एउटा नयाँ उत्साह थप्दै आनन्दको अनुभव गराउने कम्पनीको अपेक्षा छ ।

सन् १९११ देखि नै प्रख्यात इटालियन ब्राण्डको बेनेली मोटरसाइकल प्रत्येक चालकको रोजाई बन्न पुगेको छ । केटीएम इन्टरनेशनल ट्रेडिङ प्रालि बेनेली मोटरसाइकलको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता हो । सन् २०१६ देखि नै नेपाली बजारमा विभिन्न मोडेलका बेनेली मोटरसाइकलको मागलाई पूरा गरिरहेको छ । 

‘७५२एस’को परिचय

साहसिक खेलकुद तथा आकर्षक ऐतिहासिक ब्राण्डको अवधारणाको विकासले गर्दा पेसरो सहर प्रख्यात बन्न पुग्यो । ‘बेनेली ७५२एस’को सिरिजको पुनर्स्थापना गरेपश्चात यो मोटरसाइकल उच्चस्तरका भन्दा मध्यम स्तरीय मोटरसाइकल हो । जसमा मजबुत, नेकेड, ग्यारेन्टी, विश्वासिलो र आनन्द प्राप्त गर्न सकिने भएको छ ।

गतिशील, ठोस तथा व्यवस्थित तवरका साथ आधुनिक डिजाइन भएको बेनेली ७५२एस धेरैको रोजाई बन्ने पक्का छ । यसको बलियो ट्युब फ्रेम र स्टिल प्लेटको आकार हुनुका साथै चारवटा स्ट्रोकको ७५० CC Liquid-Cooled twin cylinder  को इन्जिन, 76 Hp मा 8500 rpm67Nm मा 6500 rpm Power and Maximum Torque जडान गरिएको छ । स्थिरता र अटुट विश्वासका साथ यसको अनुभूति गर्न सकिनेछ । प्रत्येक सिलिण्डरमा चारवटा भल्भ रहेको र Electric Fuel Injection सँग Double Throttle Body रहेको छ ।

यसैगरी हाइड्रोलिक रिवाउण्ड ब्रेक,  Brembo Braking System, Semi floating Disk, अगाडीFour Piston Calliper तथा पछाडिपट्टि Double piston floating Calliper, 17 Inch Aluminum Alloy rims, 120/70-17 / 180/55-17 आकारको टायर, १४.५ लिटर क्षमताको पेट्रोल ट्यांकी रहेको छ । ७५२एस बेनेलीको सबै शोरुममा सेतो, रातो, कालो तथा हरियो गरी ४ रङमा उपलब्ध हुनेछ ।

सम्बन्धित खबरहरु