‘एसपीओटू’ मोनिटरिङसहित ओपो ब्याण्ड बजारमा
वि.सं.२०७७ चैत २५ बुधवार १४:११
shares
-1617777726.png)
काठमाडौंको न्यूरोडमा आयोजित आधिकारिक फर्स्ट सेल कार्यक्रममार्फत ओपो एफ १९ प्रोका साथै कम्पनीले ओपो ब्याण्ड स्टाइलको पनि बिक्री आरम्भ गरेको थियो । ओपो वाट्च सिरिजअन्तर्गत ओपोको वेयरेबल स्मार्ट डिभाइस लाइन मातहत यो नयाँ उत्पादन हो ।
नयाँ ओपो ब्याण्ड स्टाइलमा सुतिरहेका बखत हरेक सेकेन्ड रगतमा अक्सिजन स्याचुरेशन (एसपीओटू) अनुगमन गरिरहने कन्टिन्यूओस् ब्लड अक्सिजन मोनिटरिङ फञ्शन पनि दिइएको छ । ओपो ब्याण्डले सक्रिय गतिशील जीवनका लागि आवश्यक १२ वर्कआउट मोड्सका साथै अन्य कन्भिनियन्ट फञ्शन्स पनि उपलब्ध गराउँछ । डिजाइनको कुरा गर्दा ब्याण्डमा १.१(ईञ्च फुल(कलर एमोलेड स्क्रिन जडान गरिएको छ । प्रयोगकर्ताले आफ्नो चाहनाअनुसार ब्याण्डको छनोट तथा प्रयोग गर्न सकुन् भन्ने सोचका साथ यसमा बेसिक स्पोर्ट भर्जन र स्टाइल भर्जनमा गरी दूई आकर्षक स्ट्रयाप डिजाइन उपलब्ध गरिएको छ ।
निरन्तर एसपीओटू मोनिटरिङ
आजभोलि अधवैशे तथा बृद्धाहरुमा निन्द्राको समस्या कुनै नौलो कुरा रहेन । युवावर्ग माझ पनि तनाव तथा व्यस्त कार्यतालिकालगायत कारणले गर्दा निन्द्रा सम्बन्धि समस्याहरु बढ्दै गइरहेको पाइन्छ । ओपो ब्याण्ड हेल्थ मोनिटरिङ फञ्शनले निन्द्रा सम्बन्धि समस्या पहिचान गर्ने कार्यमा सहयोग पु¥याउँछ । व्याण्डले एक्यूरेट स्लिप मोनिटरिङ, हर्ट रेट मोनिटरिङ र कन्टिन्यूओस एसपीओटू मोनिटरिङ जस्ता फञ्शन सपोर्टमार्फत प्रयोगकर्ताका समग्र निन्द्रा स्वास्थ्य रेकर्ड गर्नुका साथै विश्लेषण प्रदान गर्छ ।
यसमा दिइएको अप्टिकल ब्लड अक्सिजन सेन्सरका कारण ब्याण्डले निरन्तर एसपीओटू मोनिटरिङ गर्ने क्षमता राख्छ । यसको माध्यमबाट ओपो ब्याण्डले प्रयोगकर्ता सुतिरहेको अवस्थामा पनि निरन्तर रुपमा ब्लड अक्सिजन स्याचुरेशन पर सेकेन्ड मोनिटर गर्छ । यसले ८ घण्टाको स्लिप साइकलका दौरानलगातार २८ हजार ८ सय पटक पूर्णतयाःप्रयोगकर्ताको बडी अक्सिजन स्चाचुरेशन मापन गर्दै एसपीओटू मोनिटरिङ गर्छ । यसमा रहेको कन्टिन्यूओस् एसपीओटू मोनिटर र प्रोफेशनल स्लिप मोनिटर मार्फत प्रयोगकर्तालाई स्वस्थ स्लिप ह्याबिट्सको विकास गर्न सहयोग मिल्छ ।
ओपो ब्याण्डमा हर्ट रेट मोनिटरको पनि व्यवस्था गरिएको छ । यसमा रहेको अप्टिकल हर्ट रेट सेन्सरले २४सै घण्टा प्रयोगकर्ताको हर्टरेट मोनिटर गर्छ । धड्कन बढी हुँदा अनियमितताको जानकारी प्रयोगकर्तालाई दिन स्मार्ट ब्याण्ड स्वचालित रुपमा भाइब्रेट हुन्छ । व्यायामका दौरान ओपो ब्याण्डले धड्कन मापन गर्ने हुँदा प्रयोगकर्ताले अत्यधिक ट्रेनिङ गर्नुबाट जोग्गिदै आफूले गर्नुपर्ने मेहनतका बारेमा बुझ्दै सहजै आफ्नो लक्ष्य प्राप्त गर्न सक्छन् ।
सक्रिय जीवनका लागि १२ वर्कआउट मोड
निन्द्रा सम्बन्धित स्वास्थ्य समस्याका साथै यूवाहरु व्यायामका बारेमा पनि उत्तिकै चिन्तित हुने गर्छन् । यसको समाधान उपलब्ध गराउन ओपो ब्याण्डमा रनिङ, वाकिङ, साइक्लिङ, स्विमिङ, ब्याडमिन्टन, क्रिकेट, योगालगायत युवा वर्ग माझ लोकप्रिय खेल सम्बन्धित १२ वर्कआउट मोड सम्मिलित गरिएको छ । ओपो ब्याण्डले प्रयोगकर्ताका एक्सरसाइजिङ डाटा रेकर्ड गर्ने हुँदा प्रयोगकर्ताले हेट्याप हेल्थएपमार्फत सक्रिय जीवनका लागि थप प्रेरित हुने अवसर पाउँछन् ।
हरेक पहिरणमा सुहाउँदो डिजाइन
आफ्ना व्यक्तिगत पृथक स्टाइल प्रदर्शित गर्ने यूवा पुस्ताका चाहनाअनुसार ओपो ब्याण्डमा कम्पनीले वाट्च फेस र स्ट्र्यापमा बृहत्त छनोटको अवसर प्रदान गरेको छ । ओपो ब्याण्डको स्ट्याप बेसिक स्पोर्ट भर्जन र स्टाइल भर्जन गरी दूई स्टाइलमा उपलब्ध गरिएको छ । त्यसैगरी, वाट्च फेसको कुरा गर्दा प्रयोगकर्ताले आफ्नो आवश्यकता र चाहनाअनुसार छनोट गर्न सकुन् भन्ने सोचका साथओपो ब्याण्डले ४० भिन्न डिजाइन उपलब्ध गराउँछ ।
दीर्घकालिन सुविधा
ओपो ब्याण्डले स्मार्टफोनको विस्तारित अंगका रुपमा समेत कामगर्ने क्षमता राख्छ । प्रयोगकर्ताले ब्याण्ड मार्फतै सन्देश, कल नोटिफिकेशन प्राप्त गर्ने, म्युजिकप्लेब्याक नियन्त्रण तथा आफ्नो फोन खोज्ने कार्य समेत गर्न सक्छन् । ब्याट्रीको कुरागर्दा ओपो ब्याण्डमा उच्चकार्य क्षमताको लो पावर्ड प्रोशेसरको प्रयोग गरिएको छ । १००एमएएच ब्याट्री जडित यो ब्याण्ड जम्मा १.५ घण्टाको समयमा पूर्ण रुपमा चार्ज हुन्छ । आकर्षक डिजाइन र उच्चकोटीको फिटनेश क्षमता सहितको यो ब्याण्डको नेपालीबजारमामूल्य रु. ५ हजार ५ सय ९९ निर्धारण गरिएको छ ।

























