नेपाल-खनाल समूहद्वारा बागमतीमा समानान्तर कमिटी गठन
वि.सं.२०७७ चैत २४ मंगलवार २१:०६
shares

नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल समूहले बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गरेको छ । सबै तहमा समानान्तर कमिटी बनाउँदै अघि बढेको साे समूहले बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यको नेतृत्वमा १७५ सदस्यीय कमिटी घोषणा गरेको हो ।
बागमती प्रदेशको सहसंयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाई रहेका छन् भने सदस्यमा सदस्यमा पेम्बा तामाङ, टोपबहादुर वाइबा, बसन्त मानन्धर, विष्णु देवकोटा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरि प्रसाद शर्मालगायत छन् । समानान्तर कमिटी घोषणा कार्यक्रममा १७५ सदस्यीय कमिटीमध्ये १० जना पछि थप गर्ने जानकारी दिइएकाे छ ।
माधव नेपाल समूहले भने शाक्य संयोजक रहेको कमिटीलाई आधिकारिक भनेको छ । यसअघि नेकपा एमाले हुँदाकै कमिटीलाई पूर्णता दिएको माधव नेपाल पक्षका नेता अरुण नेपालले दाबी गरे । उनले भने, ‘हामीले बागमती प्रदेशको आधिकारिक कमिटी बनाएका हौं ।’ यसअघि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएको कमिटी विधानविपरित भएको भन्दै उनले यसअघिकै संयोजको नेतृत्वमा कमिटी पुनर्गठन गरेको दाबी गरे ।

























