काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

युआई २.० मा आधारित ‘जेट’ जेनेरेसनको एन्ड्रोइड फोन थप डिभाइज थप्दै रियलमी

18.9K
shares

रियलमीको सबैभन्दा पछिल्लो उत्पादन युआई २.० मा आधारित ‘जेट’ जेनेरेसनको एन्ड्रोइड फोनमा कम्पनीले अन्य नयाँ उपकरणहरुमा (रियलमी डिभाइज) थप गर्ने भएको छ । रियलमीले गत सेप्टेम्बर, २०२० मा रियलमी युआई २.० लाई नेपाली बजारमा उतारेको थियो ।

प्रयोगकर्तामाझ अपरेटिङ प्रणालीमा सफलताका साथ ट्रेन्ड सेटिङ मोबाइल फोनका रुपमा देखा परेको यस फोनमा प्रयोगकर्ताहरुबाट ‘जेट्’ जेनेरेसनका लागि अधिक प्रतिकृया प्राप्त भएको थियो । यसैलाई मध्यनजर गरी कम्पनीले युवा वर्गको मागलाई सम्बोधन गर्दै प्रविधिमा सामाजिकीकरण, सक्षम र प्रोत्साहन प्रदान गर्न नयाँ संस्करणको एन्ड्रोइड सहित अन्य नयाँ रियलमी फोनहरुमा ल्याउन लागेको हो । नयाँ रियलमी युआई २.० को डिभाइजमा थप नयाँ आकर्षक सुधार जस्तै नयाँ ‘एनएआरजेटओ’ (उच्चकोटीको क्यामेरा, ए क्लास प्रोसेसर, उल्लेख्य ब्याट्री क्षमता, सफल डिजाइन, शक्तिशाली डिस्प्ले) डिभाइजका साथ एक्स फाइभप्रो फाइभजी डिभाइजका लागि कम्पनीले अनुमति पाएको छ, । जुन ओएसको प्रारम्भिक संस्करणमा उपलब्ध छ ।

रियलमी युआई २.० खुला बीटा स्टाटस

नयाँ रोडम्यापले रियलमीका ८ ब्राण्डलाई रियलमी युआई २.० को प्रारम्भिक पहुँच बिटाका लागि योग्य पुष्टि गरेको छ । उक्त सूचीमा मे र जुन २०२१ मा क्रमशः सी १५ सिरिजको संस्करणको फोनलाई समेटिएको छ । रियलमी एक्स २, रियलमी ६, रियलमी सी–१२ र रियलमी सी–१५ जस्ता अन्य डिभाइजहरु पहिले नै एक्सेस प्रोग्राममा सुरु भइसकेका छन् । इच्छुक रियलमी ७ का प्रयोगकर्ताले समेत स्थिर संस्करण तयार हुनुअघि नै युआई अनुभूतिका लागि ओपन बीटा प्रोग्रामको प्रयोग गर्न सक्नेछन् । प्रयोगकर्ताले खुला बिटाका लागि सेटिङमा गएर ‘ट्राइल भर्जन’मा क्लिक गरेर सफ्टवेयर अपडेट गर्नुपर्ने हुन्छ । यसलाई सुरु गर्न अघि प्रयोगकर्ताको फोनमा ब्याट्री ६० प्रतिशतभन्दा बढी र मेमोरी ५ जीबी खाली हुन जरुरी छ ।

अनुकूलताका साथ युवामाझ सिर्जनशिलता

सिर्जनशिलताका लागि ट्रेन्डसेटर मोबाइल फोनका रुपमा युआई २.० मा आधारित ओएस सिस्टमको मोबाइल फोन महत्वपूर्ण छ । यसको लक्ष्य रियलमी युआईको प्रयोग अनुकूल बनाउँदै युवापुस्ता माझ सिर्जनशिलता जारी गर्नु रहेको छ । अपग्रेड गरिएको ओएसले तृतीय पक्ष आइकोन र लन्चरका लागि तेस्रो पक्षीय सुविधासमेत प्रदान गर्दछ । रियलमी युआई २.० मा थुप्रै एओडी विकल्प, फन्ट र आइकोन कस्टुमाइजेसन, अनुकूल डार्क मोड आदि जस्ता नयाँ थिमकलर र थुप्रै थपविशेषताहरु पनि रहेका छन् । मिडिया प्लेयर, आउटपुट स्वीचर र बबल नोटिफिकेसनमापनि रियलमी ११ सँग विशिष्ट अनुभूति रहेका छन् । ट्रेन्डसेटरका रुपमा रियलमीले ट्रेन्डसेटिङ युआई डिजाइनलाई पनि प्राथमिकता दिएको छ, औद्योगिक नेतृत्वदायी डिजाइनरका साथ गोल्डेन सर्कल एण्ड मोन्ड्रियन प्याटर्न लगायतबाट प्रभावित छ, कम्पनीले ट्रेन्डसेटिङ र सरल बनाउन युआई अपग्रेडमा विशेष ध्यान दिएको छ । विश्वका चर्चित कलाकार र संगीतज्ञसँग मिलेर समान रणनीतिका लागि रियलमीले ‘जेट’ जेनेरेसनमा थुप्रै ट्रेन्ड सेटिङ विकल्प प्रदान गरेको छ ।

दक्ष सामाजिक जीवनसँगै उत्कृष्ट अनुभव र गोपनीयता सुविधाका लागि

प्रविधिको युगमा हरेकले साइबर जीवन उत्कृष्ट र खुसीबनाउन चाहन्छन् । रियलमीयुआई २.० को लक्ष्य प्रयोगकर्ताको गोपनियताका साथ यसका लागि सुरक्षित प्लेटफर्म प्रदान गर्नु हो । ‘डिप सी प्राइभेसी’का साथ प्रयोगकर्ताको डाटा सुरक्षित राख्न र व्यापक सुविधा प्रदान गर्नका लागि रियलमी सधैँ गम्भीर छ । ‘डिप सीप्राइभेसी’ फिचरले व्यक्तिको निजी सूचना र डाटाहरु कुनै पनि एपबाट ब्ल्यांक अकाउन्टमा प्रसारण हुनबाट जोगाउँछ र सुरक्षित बनाउँछ । कसैलाइ आफ्नो डाटा लुकाएर राख्न युआई २.० ले मद्दत गर्छ र कसैले पनि कसैले लुकाएर राखेका एप भेटाउन सक्दैन । प्रयोगकर्तालाई सुरक्षित बनाउन, अनलाइन पेमेन्ट सुरक्षित गर्न यो हितकारी हुनेछ ।