काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भारतीय राजदूतावासद्वारा शिवपुरी राष्ट्रिय निकुञ्जमा ‘अल वुमन हाइक’ आयोजना

14.64K
shares

काठमाडौंस्थित भारतीय राजदूतावासले चेत्र १४ गतेका दिन शिवपुरी राष्ट्रिय निकुञ्जमा अल वुमन हाइक (All-Women Hike) को आयोजना गरेको छ । 'महिला तथा बालबालिका बेचविखन, ओसारपोसार तथा सबै किसिमका हिंसामुक्त समाज' भन्ने नाराका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

भारतको ७५औँ स्वतन्त्रता वार्षिकोत्सवको अवसरमा चलिरहेको ‘आजादीका अमृत महोत्सव’अन्तर्गत सो पैदल यात्राको आयोजना गरिएको थियो । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राकी धर्मपत्नी पुजा क्वात्रा सो कार्यक्रमको विशेष अतिथिका रुपमा थिइन् । उक्त पैदलयात्रामा विभिन्न क्षेत्रका प्रवुद्ध नेपाली महिलाहरुको समेत उपस्थिति थियो । पद्मश्री अवार्डबाट सम्मानित अनुराधा कोइरालाले स्थापना गरेको गैरसरकारी संस्था माइती नेपालसँगको सहकार्यमा दूतावासले सो कार्यक्रमको आयोजना गरेको हो ।

बेचबिखनमा परेका पीडित महिलाहरुको उद्धार, पुनःस्थापना तथा आत्मनिर्भरतामा अतुलनीय योगदान पुर्‍याउँदै आएको माइती नेपाल एक प्रतिष्ठित संस्थाको रुपमा परिचित छ । क्वात्राले माइती नेपालमा आश्रय लिइरहेका विश्वविद्यालय तहमा अध्ययनरत ५ र विद्यालय तहमा अध्ययनरत १० जना विद्यार्थीहरु वा उनीहरुका नजिकका आफन्तजनका लागि भारत सरकारले प्रायोजन गरेको १५ वटा छात्रवृत्ति प्रदान गरिन् । 

‘आजादीका अमृत महोत्सव’ भारत सरकारले अघि सरेको पहल हो । सो महोत्सवमार्फत प्रगतिशील भारतको ७५ वर्ष र भारतका जनता, संस्कृति र उपलब्धिहरुको गौरवशाली इतिहासलाई स्मरण गर्दै यसलाई उत्सवका रुपमा मनाइनेछ । भारतले सन् २०२२ अगस्त १५ मा स्वतन्त्रताको ७५औँ वार्षिकोत्सव मनाउँदैछ । यस ऐतिहासिक तथा महत्वपूर्ण दिनमा भारत सरकारले ‘आजादीका अमृत महोत्सव’अन्तर्गत श्रृंखलाबद्ध कार्यक्रमको आयोजना गरेको छ । सो महोत्सव मार्च महिनादेखि आगामी १५ अगस्ट २०२२ सम्म ७५ हप्तासम्म जारी रहनेछ । उक्त महोत्सवको समापन आगामी १५ अगस्त २०२३ मा हुनेछ ।