गृहपृष्ठ केटीएमको एड्भेन्चर मोटरसाइकल बजारमा
केटीएमको एड्भेन्चर मोटरसाइकल बजारमा
केटीएमको एड्भेन्चर मोटरसाइकल बजारमा आएको छ । नेपालमा सबैभन्दा छिटो बढिरहेको प्रिमियम मोटरसाइकल ब्राण्ड केटीएमले बहु–प्रतिक्षित केटीएम २५० एड्भेन्चर बिहीबार लन्च गरेको हो । नेपाली बजारमा सो मोटरसाइकलको मूल्य सात लाख ४९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार देशभरिका समस्त केटीएम शोरुममा बुकिङसमेत खुला गरिएको छ । यसअघि केटीएम ३९० एड्भेन्चर बजारमा निकै लोकप्रिय भएपछि २५० एड्भेन्चर लन्च गरिएको कम्पनीले जनाएको छ ।
उत्कृष्ट ह्यान्डलिङ र ईञ्जिन पन्चका साथ लाइटवेट प्याकेजमा आउने यो एड्भेन्चर केटीएम परिवारको नवीनतम एडिसन हो । यसको वृहत् डिस्प्लेसमेन्ट सिब्लिङको इलेमेन्टहरूको प्रयोग गरेर, केटीएम एड्भेन्चर अत्यन्त विशेषताहरु प्रदान गर्दछ, जुन ट्राभल–एन्डुरो विश्वको लागि इन्ट्री प्वाइट हो ।
क्लास लिडिङ पर्फमेन्स
केटीएम २५० एडभेन्चरमा एक शक्तिशाली, २४८ सीसीको अत्याधुनिक डीओएचसी फोर–भल्भ सिंगल सिलिन्डर लिक्विड कुल्ड ईन्जिन छ, जसले पावरब्यान्डमार्फत् सहज र आत्मविश्वास–प्रेरणादायक डिलिभिरी प्रदान गर्दछ, जुन बढी पुस गर्दा पनि स्पष्ट र रमाइलो छ । इलेक्ट्रोनिक प्mयूल ईन्जेक्शनले ३० एचपी (२२ किलोवाट) पावर र २४ एनएम टर्कÞमा प्रदर्शन संख्या बढाउन मद्दत गर्दछ । प्राविधिक तवरले अत्याधुनिक पावर असिस्ट स्लिपर क्लचले ६–स्पीड गियरबक्सको माध्यमबाट मुभमेन्टको लागि मद्दत गर्दछ र सहज र जर्क फ्री क्लच–लेस डाउन सिफ्टिङ गर्न मद्दत गर्छ । संक्षेपमा भन्नु पर्दा, यस मोडेलले उच्च–गुणस्तरीय बनौट, ईन्जिनियरिंङ र डाकार र्याली हेरिटेज अपनाउँछ, जसले केटीएम एड्भेन्चरको समस्त लाइन–अपको प्रतिनिधित्व गर्दछ ।
एड्भेन्चरको लागि बनाइएको

उच्च–स्तरीय कम्पोनेन्ट्री भएको केटीएम २५० एड्भेन्चर, डब्ल्यूपी एपेक्स सेटको स्पेन्शन प्रयोग गरिएको हुन्छ । पछाडिको शक एब्जोबरमा मिलाउन मिल्ने प्रिलोडका साथ १७७ एमएम ट्राभल रेन्ज हुन्छ भने डब्ल्यूपी एपेक्स अपसाइड–डाउन ४३ एमएम अगाडिको फोर्कमा १७७ एमएम ट्राभल रेन्ज हुन्छ । यसमा हेभ्भी–ड्यूटी काष्ट व्हीलहरु र ट्राभल–स्पेसिफिक ट्यूबलेस टायर्स छ र यसले हरेक अवस्थामा उत्कृष्ट ड्याम्पीङ प्रदान गर्छ ।
ब्रिम्बोद्वारा निर्मित अत्याधुनिक बीवाइबीआई ब्रेक्समा ४–पिस्टन र्याडियल्ली माउन्टेड क्यालिपरका साथ २३० एम एम रियर ब्रेक डिस्क र लार्ज ३२० एमएम फ्रन्ट ब्रेक डिस्क हुन्छ । बोशको अत्याधुनिक एबीएस प्रणालीले यसमा अफ–रोड मोड थप गरेको छ, जसले ड्यासबोर्डमा भएको बटनबाटै अफ–रोड मोड चयन गरेर चालकलाई ज्यादै साँगुरो बाटोमा पनि आरामले चलाउन मद्दत गर्दछ । १४.५ लिटर ट्याङ्क र इन्धन फाह्रो गर्ने बीएस ६ ईमिशन ईञ्जिनले चालकलाई विभिन्न भू–भागमा लामो दूरीको एड्भेन्चरहरु गर्न तम्तयार गर्दछ ।
प्रकाशित समय : २३:०३ बजे


















